रेडियो   टिभी

बिकास निर्माणमा वडा नम्बर ८ अब्बल वन्दै


चितवनः स्थानिय निकायको निर्वाचन पछि भरतपुर महानगरपालिका वार्ड नं. ८ ले बिकास निर्माणमा कोल्टे फेरेको छ । वडा भित्रका अधिकाँस बाटाहरु कालोपत्रे भएका छन् भने प्रत्येक टोलमा सडक बत्ती र खानेपानीको सुबिधा भएपछि स्थानिय सरकार भएको आभाष जनताले गर्न पाएका छन् । वडाकोबजेट,महानगरको बजेट,प्रदेश सरकारको बजेट तथा केन्द्रिय सरकारको बजेटलाई चरणबद्ध रुपमा प्रयोग गरेर बिकास निर्माणको कामलाई अगाडी बढाईएको वडा नम्बर ८ का अध्यक्ष दामोदर न्यौपाने बताउनुभयो । आफ्नो अधिकारक्षेत्र भित्र रहेर जनताको लागि काम गर्दै आएको अध्यक्ष न्यौपानेको भनाई छ ।
यस आर्थिक बर्षमा पहिलो तीन महिनामा वडा भित्र करिव दुई किलोमिटर भन्दा बढी सडक कालोपत्रे गर्नका लागि सम्झौता र ग्रेडर लगाउने काम भएको ईन्जिनियर सुरज देवकोटाले बताउनुभयो । महानगर भित्र रहेका २९ वटा वडा मध्ये वडा नम्बर ८ले सत प्रतिशत काम गरेको देवकोटाको भनाई छ । यसै अवधिमा वडा भित्र करिव एक कि.मि. भन्दा बढी बाटोमा ग्राभल भर्नेकाम सम्पन्न भएको देवकोटाले बताउनु भयो ।

जनताको प्राथमिकतालाई आधार मानेर वडाले क्रमश काम गर्दै आएको र सोहि अनुरुप बिकासका कामहरुपनि क्रमिकरुपमा सम्पन्न हुदै जाने वडा सदस्य तिलक दर्लामी बताउनुभयो । जनताकै काम गर्ने क्रममा दुईवटा मन्दिर मर्मत र पुननिर्माणका लागि सम्झौता समेत भै सकेको वडा सदस्य भगवती गौतमको भनाई छ ।
वडा नम्बर ८ को बिकास निर्माणलाई निरन्तरता दिने क्रममा वडा नम्बर ९ को सिमाना धारेचोक देखी वडा नम्बर ६ को सिमाना पाण्डेघुम्ती सम्म नाली सहितको सडक बिस्तार र कालो पत्रेका लागि वडा कै पहलमा महानगरले केन्द्र सरकार संग रु १५ करोडको बजेट माग गरेको वडा अध्यक्ष दामोदर न्यौपानेले बताउनुभयो । केहि समय अघि लगातार परेको पानीका कारण वडाका अधिकांश क्षेत्र डुवानमा परेको देखेपछि आफु चिन्तामा परेको बताउँदै अध्यक्ष न्यौपानेले अव नक्सामा भएका कुलो र नहरको खोजी गरी पानीको निकास गर्ने बताउनुभएको छ । जनताले चुनेर हामीलाई काम गर्न पठाएकाले हामीहरुले पनि उहाँहरुको मर्म बुझेर कामगर्दै आएका छौं दिन रात नभनी जनताको घरदैलोमानै पुगेर जनताको काम गर्न पाउँदा हामी निकै खुशी छौं –अध्यक्ष न्यौपानेले भन्नुभयो । वडामा आफ्नो टिम निर्वाचित भएर आए देखीनै जनताले प्रत्यक्ष अनुभुति लिनेगरी काम गर्दै आएको र त्यसैको परिणाम स्वरुप महानगरको उत्कृष्ट वडा बन्न सफल भएको अध्यक्ष न्यौपानेको भनाई छ । जनताले आफुले जिताएर पठाएको टिमलाई पूर्ण रुपमा बिश्वास गर्नुका साथै कर्मचारीहरुको साथ रहैकै कारण वार्ड नम्बर ८ उत्कृष्ट भएको र सदैव उत्कृष्ट रहिरहने अध्यक्ष न्यौपानेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
canlı maç izle selcuksports deneme bonusu deneme bonusu veren siteler bahis siteleri jojobet Hack forumPHP Shell indiryaş sınırı olmayan bahis sitelerikareasbet girişsiyah bayrak aynaBetingo Güncel GirişYabancı dizi izlegobahis girişgobahis girişasper casinobakırköy escortdeneme bonusu veren sitelerkareasbet güncel girişdeneme bonusu veren sitelerFTN Bahis Sitelerigüvenilir casino siteleriGüvenilir poker siteleriforumbahis2.proyabancı dizi izlekayaşehir escortesbet girişesbet girişbullbahis girişbullbahisbullbahisbenimbahis girişbenimbahis güncel girişCasibom güncel girişcasino siteleriistanbul escortBakırköy EscortAtaköy Escortbakırköy escortistanbul escortesenyurt escortbeylikdüzü escortbeylikduzu escortbeylikduzu escortmariobet girişbetkom giriştipobet girişbetkomtarafbettarafbettarafbetbetkombetturkey girişbetturkey girişbetturkey twittersahabetmariobet güncel girişmariobet30 TL Bonus Veren Bahis Siteleri betmatikmariobetonwinbetistsüpertotobetgrandpashabet telegramBetist GirişNational Casinogüvenilir canlı bahis siteleriaviator sitelerixslot giriştipobet girişDeneme Bonusu