रेडियो   टिभी

प्रधानमन्त्रीले गुमाए सहयोग जुटाउने अवसर


२५ वैशाख, काठमाडौं । परीक्षण गरेकामध्ये झण्डै ५० प्रतिशतको संक्रमण, हरेक दिन ९ हजार हाराहारी नयाँ संक्रमित थप र ५० भन्दा बढिको मृत्यु । ससर्ती तथ्याङ्क हेर्दा देखिने नेपालको कोरोना तस्वीर यही हो ।

जनसंख्याको तुलना गर्ने हो भने यो दर भारतकोभन्दा पनि ज्यादा हो । त्यही कारण अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले नेपालका अस्पतालहरुमा कोरोना बिरामीको कस्तो भयावह अवस्था छ भन्ने हरेक दिनजसो देखाइरहेका छन् ।

यतिबेला संक्रमितले उपचार पाउन कति सकस छ भन्ने संक्रमित र उनका परिवारलाई थाहा छ । यस्तै अवस्था छ भारतमा पनि ।

इतिहासकै कठिन अवस्था भोगिरहेको भारतलाई सघाउन अहिले हरेक दिनजसो ठूला देशहरुले सयौं उडानमार्फत् स्वास्थ्य सामाग्री पठाइरहेका छन् । अमेरिका, रुस, चीन, जापान लगायतका सवैजसो देशले भारतलाई स्वास्थ्य सामाग्री सहयोग पठाइरहेका छन् ।

अमेरिकाले भारतलाई खोप उत्पादनको लागि आवश्यक कच्चा पदार्थ र अन्य स्वास्थ्य उपकरण सहयोग दिइसकेको छ । बेलायतले यसअघि नै भारतलाई स्वास्थ्य उपकरण सहयोग उपलब्ध गराएको थियो भने ईयूले स्वास्थ्य सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतलाई कोरोना महामारीविरुद्ध लड्न एक करोड डलर सहयोग गर्ने घोषणा गरेका थिए ।

पाकिस्तान र राष्ट्रसंघले पनि भारतलाई सहयोग गर्ने प्रस्ताव गरेपनि भारतले स्वीकार गरेको छैन ।

झण्डै उस्तै नियति भोगेको नेपालमा भने अहिलेसम्म चीनले दिने २० हजार अक्सिजन सिलिण्डर र अमेरिकाले दिने भनेको केही करोड रुपैयाँ आर्थिक सहयोगबाहेक थप सहयोग आएको छैन । यस्तो बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सीएनएन टेलिभिजनलाई अन्तर्वार्ता दिँदै ‘कोरोना नियन्त्रणमा छ’ झुटो दाबी गरेका छन् ।

यसले नेपालको वास्तविक अवस्था अन्तर्राष्ट्रिय समुदायलाई सुनाएर सहयोग प्राप्त गर्ने अवसर प्रधानमन्त्रीले गुमाएका छन् ।

नेपाल रेडक्रस सोसाइटीका प्रमुख नेत्र तिम्सिना भन्छन्, ‘यही अवस्था रहने हो भने ठूलो मानवीय क्षति हुनसक्छ । त्यसैले अन्तराष्ट्रिय सुमदायलाई मेडिकल सपोर्ट माग्नुपर्छ ।’ भारतलाई पनि औषधि र स्वास्थ्य सामाग्रीको आपूर्ति नरोक्न भन्नुपर्ने र खोपका लागि अन्तराष्ट्रिय समुदायसँग पहल गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
yaş sınırı olmayan bahis sitelerikareasbet girişsiyah bayrak aynadeneme bonusu veren sitelerkayaşehir escortbakırköy escortkareasbet güncel girişBetingo Güncel GirişYabancı dizi izleesbet girişesbet girişbullbahis girişbenimbahis girişbenimbahis güncel girişFTN Bahis Sitelerigüvenilir casino sitelerigobahis girişgobahis girişasper casinoGüvenilir poker siteleriforumbahis2.proistanbul escortBakırköy Escortistanbul escortesenyurt escortbeylikdüzü escortbeylikduzu escortbeylikduzu escortAtaköy Escortyabancı dizi izlebakırköy escortbullbahisbullbahisDeneme BonusuPHP Shell indirbetkombetturkeybetturkeybetparkxslotstarzbetjojobetbetturkeyonwinbetparkbetistmarsbahis girişdeneme bonusu veren sitelerdeneme bonusu veren sitelerbedava maç izleporn movieBahis Siteleri