रेडियो   टिभी

नेपालमा पछिल्लो २४ घण्टामा थप आठ हजार १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि, थप १८७ जनाको मृत्यु


काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप आठ हजार १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १७ हजार नौ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार ४६ जनामा र ५७७ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय २१ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा कुल सङ्क्रमितको सङ्ख्या चार लाख ४७ हजार ७०४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १८७ जनाको ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको सङ्ख्या चार हजार ८५६ पुगेको छ । हाल नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ९७४० पुगेको छ ।

त्यस्तै थप पछिल्लो २४ घण्टामा पाँच हजार ४५५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ३३ हजार १०८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>