नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि, ७ हजार ६६४ जना डिस्चार्ज
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ९६५ जनाको पीसीआर परीक्षणमा ७ हजार ५९८ र ९३१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३१६ जना गरी कुल ७ हजार ९१४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
देशभर पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना डिस्चार्ज भएका छन् । देशभर ८७३ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर १ लाख १५ हजार ५४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा १९३ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ६ हजार ३४६ जनाको मृत्यु भएको छ ।