रेडियो   टिभी

स्वास्थ्य सामाग्री खरिदका लागि भरतपुर स्वास्थ्य चौकीलाई सहयोग


खेमराज ढकाल असार ७, चितवन । कोभिड१९ महामारीले विश्व नै आक्रान्त बनेको बेला स्वास्थ्य सामग्री खरिदका लागि भरतपुर स्वास्थ्य चौकी गौरीगञ्जलाई सहयोग रकम प्राप्त भएको छ । हेफर ईन्टरनेशनल नेपालले गरेको सहयोग रकम सहकारी संस्थाले संस्था रहेको स्थानका स्थानीय निकाय मार्फत सोही ठाउँमा रहेका स्वास्थ्य चौकीहरूलाई हस्तान्तरण गरेको हो । भरतपुर महानगरपालिका भित्र रहेका विभिन्न सहकारी संस्थाहरूलाई पाँच लाख रुपैयाँ सहयोग प्राप्त भएको हो । सोमध्ये भरतपुर महानगरपालिका वडा नं ८ स्थित बीसहजारी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडलाई प्राप्त भएको एक लाख रुपैयाँ सोमबार भरतपुर महानगरपालिका वडा नं ८ को समन्वयमा भरतपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा महिला समूह समन्वय समितिकी निवर्तमान अध्यक्ष गोमा भट्टराईले बीसहजारी सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष शैलजा घिमिरे पौडेललाई एक लाख रुपैयाँको चेक प्रदान गरेकी थिइन् । उक्त रकम भरतपुर वडा नं ८ का अध्यक्ष दामोदर न्यौपानेमार्फत भरतपुर स्वास्थ्य चौकीकी ईन्चार्ज ईश्वरा तिवारीलाई प्रदान गरिएको थियो । हेफर ईन्टरनेशनल नेपालबाट महिला समूह समन्वय समितिको खातामा ६१ लाख रुपैयाँ प्राप्त भएको र सो रकम चितवन जिल्लाभरिका हेफर र महिला समन्वय समितिसँग आबद्ध विभिन्न सहकारी संस्थाको खातामा पठाइएको महिला समूह समन्वय समिति चितवनकी निवर्तमान अध्यक्ष गोमा भट्टराईले जानकारी दिइन् । सहकारी संस्थाहरूले आफ्नो खातामा प्राप्त भएको रकम महानगरपालिका, नगरपालिका र गाउँपालिकाका स्थानीय तहहरूमार्फत स्थानीय स्वास्थ्य चौकीहरूलाई हस्तान्तरण गर्ने पनि भट्टराईले जनाइन् । हेफर ईन्टरनेशनल र महिला समूह समन्वय समितिको प्रत्यक्ष सहभागिता रहेको सफल सामाजिक उद्यमी महिला सहकारी संस्था लि.को खाताबाट आफ्नो संस्थाको खातामा प्राप्त एक लाख रुपैयाँ भरतपुर महानगरपालिका वडा नम्बर ८ मार्फत कोभिड१९ विरुद्ध स्वास्थ्य सामग्री खरिदका लागि भरतपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको बीसहजारी सामाजिक उद्यमी महिला सहकारी संस्था लि. भरतपुर ८ की अध्यक्ष शैलजा घिमिरे पौडेलले जानकारी दिइन् । आफ्नो संस्थामा आबद्ध करिब ९ सय सदस्य एवं सहकारी संस्थाबाट सेवा लिने सेवाग्राहीहरूले समेत प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा उपभोग गर्न पाउने अपेक्षा सहित सो रकम वडा कार्यालय मार्फत स्थानीय स्वास्थ्य चौकीलाई सहयोग गरिएको संस्थाकी अध्यक्ष पौडेलले बताइन् । महिलाद्वारा सञ्चालन गरिएको महिला समूह समन्वय समिति र सहकारी संस्थाहरूद्वारा महिला नै ईन्चार्ज भएर सञ्चालित स्वास्थ्य संस्थालाई सहयोग रकम प्राप्त भएकोमा आफू निकै खुशी रहेको भरतपुर स्वास्थ्य चौकीकी ईन्चार्ज ईश्वरा तिवारीले सुनाइन् । प्राप्त रकमले कर्मचारीको बैठकले आवश्यक ठहर गरेका कोभिड१९ विरुद्धका लागि स्वास्थ्य सामग्री यस अघि नै स्वास्थ्य चौकी सञ्चालक समिति तथा व्यवस्थापन समितिको निर्णय अनुसार गठन गरिएको खरिद समिति मार्फत खरिद गरिने पनि ईन्चार्ज तिवारीले जनाइन् । भरतपुर स्वास्थ्य चौकीको स्थापनाकालदेखि हालसम्म सो अनुपातको सहयोग रकम पहिलो पटक प्राप्त भएको र यसलाई पारदर्शी ढङ्गले व्यवस्थापन गरिनेमा पनि तिवारीले जोड दिइन् । भरतपुर महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दामोदर न्यौपानेले सहकारी संस्थाले प्रदान गरेको रकम पारदर्शी ढंगबाट उपयोग हुनेमा आफू विश्वस्त रहेको बताए । सरकारले महामारी रोकथामका लागि काम गरिरहेको र अहिले अन्य संस्थाहरूले पनि हातेमालो गर्दै सहयोग उपलब्ध गराउन थालेकोमा खुशी लागेको न्यौपानेले सुनाए । प्राप्त रकमको कहीँ कतै दुरुपयोग भएको शंका लागेमा सबैले खबरदारी गर्नुपर्ने न्यौपानेको भनाइ थियो । भरतपुर वडा नं ८ को प्राङ्गणमा वडाध्यक्ष दामोदर न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशिष्ट अतिथिहरूमा महिला समूह समन्वय समितिकी निवर्तमान अध्यक्ष गोमा भट्टराई र भरतपुर स्वास्थ्य चौकीकी ईन्चार्ज ईश्वरा तिवारी रहेका थिए । बीसहजारी समाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक पार्वती केसीद्वारा सञ्चालन गरिएको कार्यक्रममा कोषध्यक्ष ऋषिमाया पौडेलले स्वागत भाषण राखेकी थिइन् । कार्यक्रममा वडा नं ८ का वडा सदस्य डिल्लिराम लामिछाने, वडा सचिव जयन्ती आचार्य, सहकारी संस्थाका कार्यसमिति सदस्यहरू, स्वास्थ्यचौकीका कर्मचारी, पत्रकार, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम बीसहजारी सामाजिक उद्यमी महिला सहकारी संस्था लि.का अध्यक्ष शैलजा घिमिरे पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
canlı maç izle selcuksports deneme bonusu deneme bonusu veren siteler bahis siteleri jojobet Hack forumPHP Shell indiryaş sınırı olmayan bahis sitelerikareasbet girişsiyah bayrak aynaBetingo Güncel GirişYabancı dizi izlegobahis girişgobahis girişasper casinobakırköy escortdeneme bonusu veren sitelerkareasbet güncel girişdeneme bonusu veren sitelerFTN Bahis Sitelerigüvenilir casino siteleriGüvenilir poker siteleriforumbahis2.proyabancı dizi izlekayaşehir escortesbet girişesbet girişbullbahis girişbullbahisbullbahisbenimbahis girişbenimbahis güncel girişCasibom güncel girişcasino siteleriistanbul escortBakırköy EscortAtaköy Escortbakırköy escortistanbul escortesenyurt escortbeylikdüzü escortbeylikduzu escortbeylikduzu escortmariobet girişbetkom giriştipobet girişbetkomtarafbettarafbettarafbetbetkombetturkey girişbetturkey girişbetturkey twittersahabetmariobet güncel girişmariobet30 TL Bonus Veren Bahis Siteleri betmatikmariobetonwinbetistsüpertotobetgrandpashabet telegramBetist GirişNational Casinogüvenilir canlı bahis siteleriaviator sitelerixslot giriştipobet girişDeneme Bonusu