नेपाल प्रहरीले माग्यो एक हजार नौ सय ७१ जना प्रहरी जवान
काठमाडौं। नेपाल प्रहरीले एक हजार नौ सय ७१ जना प्रहरी जवान माग गरेको छ।
गोरखापत्रमा सूचना प्रकाशित गरेर प्रहरी प्रधान कार्यालयले उक्त संख्यामा प्रहरी जवान माग गरेको हो। एक सय ४६ जना प्रहरी निरीक्षक इन्स्पेक्टर माग गर्दै आवेदन खुला भएको छ। प्रहरी निरीक्षक, प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगी पदहरूमा खुला र समावेशी प्रावधान अनुसार पदपूर्ति गर्ने गरी आवेदन खुला गरिएको छ।