रेडियो   टिभी

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण पुष्टि


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार पीसीआर परीक्षण गर्दा प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

मल्लका अनुसार कोरोना पुष्टि भएपछि अध्यक्ष प्रचण्ड घरमै आइसोलेसनमा बसेका छन् । प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको मल्लले बताए ।

यसअघि प्रचण्डका स्वकीय सचिव मल्लसहित केन्द्रीय कार्यालयका कर्मचारीमा कोरोना पुष्टि भएपछि प्रचण्डले भेटघाटका कार्यक्रम बिहीबारदेखि नै स्थगित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>