भोजपुरमा रक्तदान कार्यक्रम २०७८ हुने
भोजपुर । भोजपुरको भोजपुर बजारमा रक्तदान कार्यक्रम २०७८ हुने भएको छ ।
“मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो” “रक्तदान जीवनदान” भन्ने मुल नाराको साथ रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।
नयाँ सोच परिवर्तनशील युवा सेवा समाज नेपाल, भोजपुरको आयोजनामा रक्तदान कार्यक्रम हुन लागेको हो । यही माघ १६ गते शनिबार शहिद दिवसको अवसरमा सहिद पार्कमा रक्तदान कार्यक्रम हुने भएको हो ।
साथै उक्त बृहत रक्तदान कार्यक्रममा सबैको उपस्तिथि रहन र रक्तदान कार्यक्रममा सहभागी हुन आयोजकले सबैमा अपिल समेत गरेको छ ।