रेडियो   टिभी

गायक तथा संगीतकार मनिष रञ्जनको ‘गणेश वन्दना’ सार्वजनिक (भिडियो सहित)


गायक तथा संगीतकार मनिष रञ्जन बरालको ‘गणेश वन्दना’ सार्वजनिक भएको छ। कार्तिक कृष्ण अष्टमी, मंगलबारको दिन पारेर उनले ‘गणेश वन्दना’ सार्वजनिक गरेका हुन्।

भजनका शब्द रचनाकार पं.शंकरान नंविशन हुन् भने लय प्रशान्त शंकरले भरेका छन् । उनीहरु दुवै दक्षिण भारतका चर्चित संगीतकार पनि हुन्। यस भजन दक्षिण भारतकै बाल गायिका सूर्य गायत्रीको स्वरमा २ वर्ष अगावै रेकर्ड भइसकेको थियो, तथापि भजनमा बरालले स्वर दिने पक्का भएपछि राजन कार्कीले  यसलाई नयाँ संस्करणमा एरेन्ज गरेका हुन् ।

संगीतकार प्रशान्त शंकरले संगीत भरेको यस सिर्जनामा रत्न विकले बाँसुरी बजाएका छन्। त्यस्तै ढोलकमा शिवराज जोशी र तबलामा कृष्ण प्रसाद सापकोटाले साथ दिएका छन् भने ध्वनी मिश्रण गोविन्द डिजीले गरेका हुन्। धुन कला केन्द्रमा रेकर्ड गरिएको भजनको भिडियोमा पनौतीको गोरखनाथ  र मुक्तिनाथ मन्दिर देख्न सकिन्छ। भिडियोको छायांकन र सम्पादन राज मल्लले गरेका हुन्

गणेश वन्दना भजन मनिष रञ्जन बराल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>