रेडियो   टिभी

चितवनका चर्चित ज्योतिषी सुवेदी कालिकोटमा आफ्नो सेवा दिदै


कालिकोट – चर्चित रेडियो कार्यक्रम ‘ज्योतिष दर्पण’ का कार्यक्रम प्रस्तोता ज्योतिषी पंण्डित लक्ष्मण सुवेदी कालिकोट आउनु भएको छ । उहाँ केहि दिनको बसाईका लागि कालिकोट आउनु भएको हो ।

कालिकोट बसाईका क्रममा सुवेदीले संचालन गर्ने लोकप्रिय रेडियो कार्यक्रम “ज्योतिष दर्पण” रेडियो नयाँ कर्णाली १०२.८ मेगाहर्जको स्टेशनबाट सोझै प्रसारण गरिने छ । साथै कालिकोट बसाईका क्रममा ज्योतिष र त्यससँग सम्बन्धि अन्य जानकारी लिनको लागि पं. सुवेदी सँग सिधै भेटघाट तथा सम्पर्क गर्न सकिने जनाइएको छ ।

सनातन रेडियो नेटवर्क (SRN) ले उत्पादन गर्ने गरेको ज्योतिष दर्पण कार्यक्रम हरेकदिन बिहान ८ बजे देखि ९ बजेसम्म नेपालका ४० वटा भन्दा बढी चर्चित रेडियो स्टेशनहरुबाट ७७ जिल्लामा एकसाथ प्रसारण हुने गरेको र कार्यक्रमबाट श्रोताहरुले प्रत्यक्ष रुपमाज्योतिष , वास्तु र धर्मसंस्कारका बारेमा जानकारी लिने गरेको पंण्डित सुवेदीले बताउनु भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानबाट विभूषितभइ ख्याती कमाउनु भएका ज्योतिषी पंण्डित  सुवेदी नेपाल ज्योतिष परिषद् चितवन जिल्ला समितिका सचिव समेत रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>