रेडियो   टिभी

डोटीमा नेपालकै चर्चित ज्योतिषी पंण्डित सुवेदीले आफ्नो सेवा दिदै


चितवन, पौष २८ –  नेपालकै चर्चित रेडियो कार्यक्रम ‘ज्योतिष दर्पण’का कार्यक्रम प्रस्तोता ज्योतिषी पंण्डित लक्ष्मण सुवेदी डोटि आउनु भएको छ । उहाँ केहि दिनको बसाईका लागि आज (बिहिवार) डोटी आउनु भएको हो ।

डोटी बसाईका क्रममा ज्योतिषी पंण्डित सुवेदीले संचालन गर्ने लोकप्रिय रेडियो कार्यक्रम “ज्योतिष दर्पण” सामुदायिक रेडियो शैलेश्वरी एफ एम १०५.९ मेगाहर्जको स्टेशनबाट सोझै प्रसारण गरिने छ । साथै डोटीको बसाईका क्रममा ज्योतिष र त्यससँग सम्बन्धि अन्य जानकारी लिनको लागि ज्योतिषी पंण्डित लक्ष्मण सुवेदी सँग सिधै भेटघाट तथा सम्पर्क गर्न सकिने जनाइएको छ ।

सनातन रेडियो नेटवर्क (SRN) ले उत्पादन गर्ने गरेको ज्योतिष दर्पण कार्यक्रम हरेकदिन बिहान ८ बजे देखि ९ बजेसम्म नेपालका ४० वटा भन्दा बढी चर्चित रेडियो स्टेशनहरुबाट ७७ जिल्लामा एकसाथ प्रसारण हुने गरेको र कार्यक्रमबाट श्रोताहरुले प्रत्यक्ष रुपमा ज्योतिष, वास्तु र धर्मसंस्कारका बारेमा जानकारी लिने गरेको पंण्डित सुवेदीले बताउनु भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानबाट विभूषितभइ ख्याती कमाउनु भएका ज्योतिषी पंण्डित सुवेदी नेपाल ज्योतिष परिषद् चितवन जिल्ला कार्यसमितिका सचिव समेत रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>