रेडियो   टिभी

सबैको लागि अनलाईन वास्तुशास्त्र कक्षा संचालन हुदै


ज्योतिष तथा वास्तुशास्त्रको अध्ययन, अध्यापन, प्रशिक्षण, परामर्श तथा अनुसन्धानको विषयमा बिभिन्न कार्यहरु गर्दैआईरहेको नेपालको मूल सस्था नेपाल ज्योतिष परिषद केन्द्रीय वास्तु विभागको आयोजनामा १ हप्ते अनलाईन आधारभूत वास्तुशास्त्र कक्षा संचालन हुने भएको छ। ईच्छुक जो कोही जिज्ञासु वर्गहरुले वास्तुशास्त्र सिक्न सकिने जानकारी नेपाल ज्योतिष परिषद केन्द्रीय वास्तुशास्त्र विभागले बताएको छ।

 

वास्तुशास्त्र कार्यक्रमका मुख्य प्रशिक्षक वास्तुशास्त्री ईन्जिनियर लक्ष्मी प्रसाद सोती रहनुहुने भएको छ। डेढ दशक वास्तुशास्त्र र इन्जिनियरिङ क्षेत्रमा काम गरिसकेका केन्द्रीय वास्तु विभागका प्रमुख समेत रहेका सोतीले पछिल्लो समय नेपाली भू-बनोट र धरातलमा आधारित वास्तु हिमवत खण्डको बिषयमा लामो अनुसन्धान गरेका छन्।

 

 

उक्त कार्यक्रमको शुभारम्भ नेपाल संस्कृत विश्वविद्ध्यालय स्थापत्य विभाग वास्तु इन्जिनियरिङ डीन ईन्जिनियर विरेन्द्र खड्काले गर्नुहुनेछ।

हाम्रा ऋषिमुनीहरुले सुख शान्ति सफलता प्राप्त गर्ने हेतुले प्रतिपादन गरेका वास्तु ज्ञान सबै नेपालीहरुले जान्न आवश्यक भएको कुरा परिषदका केन्द्रीय अध्यक्ष ज्यो. माधवराज पाण्डेले बताउनु भयो। पछिल्लो समयमा आम जनमानसमा वास्तुको चेतना र चासो बढ्दै गईरहेकोले सबैले यसको आधारभूत ज्ञान लिनु आवश्यक रहेको छ, अहिले वास्तुशास्त्रका नाममा रातारात मालामाल हुने भईने भन्दै अनावश्यक प्रचारबाजी , व्यापार समेत भईरहेको अबस्थामा यो सम्बन्धी ज्ञान लिएर यथार्थ के हो? यो कस्तो शास्त्र हो भन्ने बिषयमा समेत छर्लंग हुन आवश्यक छ।

वास्तु भनेको आफु रहेको भुमि अनुसारनै फरक हुनेहुदा नेपाल यनकी हिमवत खण्डमा लागुनै नहुने, अन्य देशहरुको आयातित वास्तु, शास्त्रको बिधान बिपरितको वास्तु, नेपालको जमिन विपरितको वास्तु र शास्त्रमै उल्लेख नभएका कार्वन उत्सर्जन गर्ने, प्रकृति माटोलाई असर पुर्याउने वास्तु रेमिडिजको प्रयोग हुनबाट जोगाउनु एकदमै आवश्यक देखिन्छ नत्र जनमानसमा वास्तु सम्बन्धि दुबिधा पर्ने देखिन्छ तसर्थ वास्तुशास्त्रको सही ज्ञान आम जन मानससम्म पुग्न सहयोग हुने हेतुले यो कक्षा संचालन गर्न लागिएकोले हुदा सबैलाई लाभ लिनुहुन अनुरोध गरिएको छ। जम्मा रु. १०० प्रवेश शुल्क तिरेर यो कोर्षमा सहभागी हुन पाईने बताईएको छ। १ हप्ते यो कोर्ष आगामी असार ३ गते देखी हरेक दिन बिहान ६:०० बजेदेखी १ घण्टा रहनेछ; सोको लागि वास्तु सिक्न इच्छुकहरुले अनलाईन फारम भरेर आवेदन दिन सक्नेगरी आवेदन खुल्ला गरिएको छ।

 

 

online form link.

https://forms.gle/15nrmGcQtHxz19QAA

 

 

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>