रेडियो   टिभी

२०७७साल श्रावण५ गतेको राशिफल- Sanatan online


मेष – ARIES ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
 
वैधानिक प्रावधानले अप्ठ्यारो पार्नेछ भने अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ, आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। साँझतिर सामाजिक कामको जिम्मेवारी आउला। चुनौतीभित्र अवसर खोज्ने समय छ।
 
वृष – TAURUS ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
 
जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ।
 
 
मिथुन – GEMINI ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
 
सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन्। कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। साँझतिर आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ।
 
कर्कट – CANCER ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
 
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्।
 
सिंह – LEO ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
 
स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। यात्रा वा बसाइमा केही स्थानान्तरण हुन सक्छ। खर्चिलो काम गर्नुपर्ने हुँदा केही सरसापट लिनुपर्ने हुन सक्छ।
 
कन्या – VIRGO ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
 
सानातिना काममै अल्झनुपर्दा उद्देश्य ओझेलमा पर्न सक्छ। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि तथा व्यापारमा फाइदा हुनेछ।
 
तुला – LIBRA ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
 
सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्।
 
 
वृश्चिक – SCORPIO ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
 
स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ।
 
धनु – SAGITTARIUS ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
 
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। तर, विचार नमिल्नाले आफन्तसँग मतभेद हुन सक्छ। वादविवादले साथीभाइमा फाटो ल्याउनेछ। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्नेछ। भेटघाटले काममा अलमल हुन सक्छ। यात्रा केही कष्टपूर्ण हुनेछ।
 
मकर – CAPRICORN ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
 
अस्वस्थताले लक्ष्यमा पुग्न नसकिएला। सहयोगीहरू पछि हट्नाले समस्या पर्नेछ। व्याहारिक अलमलले पनि आँटेका काममा बाधा पुर्याउनेछ। साँझतिर रमाइलो जमघटमा सहभागी भइनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ।
 
 
कुम्भ – AQUARIUS ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
 
अरूका लागि बुद्धि खर्चनुपर्ला। समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। तर केही चुनौती देखिनेछन्।
 
मीन – PISCES ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
 
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ। साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला। हडबडीले समस्या निम्त्याउन सक्छ।
प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>