रेडियो   टिभी

भोलि १९ गते जनैपूर्णिमा, रक्षाबन्धन र क्वाँटी खाने दिन


हरेक वर्षझैँ यो वर्ष पनि नेपालीको विशेष चाड जनैपूर्णिमा यही १९ गते परेको छ । यो दिन विभिन्न रङहरुले भरिएका राखी दाजुभाइ तथा दिदीबहिनीको रक्षाका निम्ति नडीमा बाँधिदिने चलन छ । यो दिन ब्राह्मणहरुले पनि आफ्ना जजमानकहाँ गएर रक्षा बन्धन बाँधिदिने चलन पनि छ । खासगरी व्रतबन्ध गरेका ब्राह्मण तथा क्षत्रियहरूले जनै फेर्ने दिन पनि यही हो । जनै फेर्ने दिन भएर नै यस पर्वलाई जनैपूर्णिमा भनिएको हो । यो दिन विशेषगरी नेवार जातिमा क्वाँटी खाने प्रचलन प्रसिद्ध छ ।अर्कोतर्फ परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । ‘क्वाँटी’ नेपालभाषाको ‘क्वाति’ शब्दबाट व्युत्पत्ति भएको र ‘क्वा’को अर्थ तातो र ‘ति’को अर्थ झोल वा सुप हो । क्वाँटी बनाउँदा चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ नौ प्रकारका गेडागुडी टुसा उम्रेने गरी पानीमा चार दिनसम्म भिजाइन्छ । टुसा उम्रेपछि मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यो दिन विशेषको महत्त्वपूर्ण स्वाद पनि हो । आजको दिन क्वाँटी खाएमा पाचनक्रियासँग सम्बन्धित विभिन्न रोगहरु हट्ने जनविश्वाश रहिआएको छ । नेवार समुदायले खाने विशेष प्रकारको क्वाँटीलाई न्वाँगी पनि भनिन्छ ।


हरेक चाडवाडको आआफ्नै महत्त्व हुन्छ । आज यो जनैपूर्णिमा भने धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन । ब्राह्मण र क्षत्रिय पुरुषहरुले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात जनै लगाउने चलन रहि आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरू पुरोहितद्वारा अरूले नसुन्नेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ सङ्कल्प लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो ९६ सुते धागोलाई दुई बेग्लाबेग्लै गाँठो पारिसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रूपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुईवटा शिखाका छवटा धागो डोरामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्काे शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।

रक्षाबन्धनको दिन यो मन्त्र उच्चारण गर्दै धारण गर्ने गरिन्छ ।

“येन बद्धो बलीराजा दानवेन्द्रो महावल।।
तेन त्वां प्रतिबध्नामि र क्षे मा चल मा चल।।
र जनै यस मन्त्र प्रयोगबाट धारण गरिन्छ….!!!
“यज्ञो पवितं परमं पवित्रंं प्रजापतेर्यत्सहजं पुरस्तात्।।
आयुष्यमग्य्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवितं बलमस्तु तेजः।।

र जनै बिसर्जन अर्थात त्याग गर्ने मन्त्र

“एतावद्दिनपर्यान्तं ब्रम्हंंत्व धारितं मया ।।
जिर्णत्वात्तपरित्यागो गच्छ सूत्र यथासुखम्।।

जुन रक्षा (काँचो धागो)ले दानवहरुका महान राजा बलिलाई बाँधिएको थियो म तिमीलाई त्यही धागोले बाँध्दछु । यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्ने छ । रक्षाबन्धन बाँधिएको धागो निकालेर गाई तिहारका दिन गाईको पुच्छरमा बाँधिदिने चलन पनि छ । हिन्दु परम्पराअनुसार यसो गर्दा पुण्य प्राप्त हुने विश्वास छ । कतिपयले आफै गुरु पुरोहित अथवा मठ मन्दिरमा गएर रक्षाबन्धन बाँध्ने गर्दछन् ।यस दिन दिदीबहिनीहरुले आफ्ना दाजुभाइका दाहिने नाडीमा दीर्घायु र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फूल जोडिएको राखी लाइदिने चलन पनि निकै प्रचलित छ । नेपालको तराई क्षेत्रलगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखीको चलन र यस चाडको महत्त्व एकदमै बढी रहेको छ ।आजको दिन ज्वाइँ ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि छ । आज काठमाडौँको पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, रसुवाको गोसाईंकुण्ड, जनकपुरको गङ्गासागर, धनुषसागर, सोलुखुम्बुको दूधकुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधामहरुमा मेला पनि लाग्दै आएको छ ।

विशेषगरी ब्राह्मण, क्षत्रिय वा अन्य कुनै वैदिक धर्म पालन गर्ने समुदायमा ब्राह्मण पुरोहितसँग नाडीमा मन्त्रेको डोरा लगाएर यो पूर्णिमा मनाइने गरीएको छ । सनातन हिन्दू वैदिक ग्रन्थअनुसार काँचो धागोबाट बनेको जनैलाई ब्रह्मसूत्र कर्म सम्पादनार्थ तथा वेद अध्ययन निमित्त योग्यता हासिल गर्नका लागि ग्रहण गर्न मन्त्रिए र तयार पारिएको ६ सुते धागोको समूह हो जसलाई तयार पार्दा ३÷३ वटा डोराको दुईवटा बन्धन तयार पारिन्छ जसलाई शिखा भनिन्छ । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्काे जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतीकहरूको योग मानिन्छ ।परिवर्तित परिपेक्ष्यमा चूडाकर्म या उपनयन सकेका ब्राह्मण या क्षत्रिय मात्रभन्दा पनि चित्त शुद्ध गरेर आस्थावान जो कोही सनातन धर्मका अनुयायीले पनि यज्ञोपवित अर्थात जनै अरूलाई लगाइदिन र आफूले पनि लगाउन सक्छन् । स्मरण रहोस मन्त्रिएका यज्ञोपवितहरुको धारण गर्नाले सभिथा अर्थात सूर्य भगवानको प्रत्यक्ष ऊर्जा प्राप्त हुने र त्यसमा गायत्री मन्त्रको उच्चारणले शारीरिक, मानसिक र अध्यात्मिक सामथ्र्य वृद्धि हुने विश्वास गरिन्छ ।साथै यज्ञोपवित धारण गरेपछि समस्त सनातन कर्महरुको कर्ता र अभियन्ता बन्न योग्य पनि ठहरिँदै आएको पाइन्छ । आजभोलि वैदिक सनातन धर्मलाई केवल जातीय आधार र छुवाछूतका रूपमा लिइने चलन छ, जुन अत्यन्त सङ्कुचित कुण्ठा मात्र हो ।

यज्ञोपवितले ब्राह्मणपथमा लाग्ने राहदानीको कार्य गर्दछ तथापि ब्राह्मणपथ भन्नाले जन्म हैन कर्मले प्राप्त हुने पथ हो । आत्मिक शुद्धता, सकल जगतको भलो अनि अध्यनशीलताको पथ नै ब्राह्मण पथ हो । ब्राह्मणलाई केवल जात, भाषा र खलकका रूपमा मात्र हेर्न हुँदैन । जुनसुकै धर्म या जातीय पृष्ठभूमिको भए पनि अध्यनशीलता र आत्मिक शुद्धताको ब्राह्मणपथमा आलीन हुन सक्छन् ।आजको यो सांस्कारिक काँचो धागो वा दाजुभाइ, दिदीबहिनीबीचको माया, स्नेह र बन्धनको चाडले हामी  सबैलाई यस आदिकालीन परम्पराको निरन्तरतालाई युगौँयुगसम्म निरन्तर प्रेम, सद्भावको चिनारीको रूपमा अघि बढिरहोस् ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
yaş sınırı olmayan bahis sitelerikareasbet girişsiyah bayrak aynadeneme bonusu veren sitelerkayaşehir escortbakırköy escortkareasbet güncel girişBetingo Güncel GirişYabancı dizi izleesbet girişesbet girişbullbahis girişbenimbahis girişbenimbahis güncel girişFTN Bahis Sitelerigüvenilir casino sitelerigobahis girişgobahis girişasper casinoGüvenilir poker siteleriforumbahis2.proistanbul escortBakırköy Escortistanbul escortesenyurt escortbeylikdüzü escortbeylikduzu escortbeylikduzu escortAtaköy Escortyabancı dizi izlebakırköy escort30 TL Bonus Veren Bahis Siteleri betmatikmariobetonwinbetistsüpertotobetgrandpashabet telegramBetist GirişbullbahisbullbahisNational Casinogüvenilir canlı bahis siteleriaviator sitelerixslot giriştipobet girişbetistmarsbahis girişdeneme bonusu veren sitelerdeneme bonusu veren sitelerbedava maç izleBahis SiteleriBinance Kayıt Olmasuperbetindeneme bonusu veren sitelerdeneme bonusu veren siteleroleybet giriş adresielitcasinobetkomsonbahisEntrümpelung firmaYouwin girişHack forumBetturkeybetcuptipobetdeneme bonusugüvenilir bahis sitelerimatadorbettarafbetholiganbetcasibommmariobetcasibomtipobetbahiscomcasibomdeneme bonusu veren sitelerbetturkeydeneme bonusu veren sitelerbetkomonwintarafbetcasibomholiganbetmatadorbetvdcasinograndpashabetBetmatikmariobetvdcasinobahiscomcasibomtarafbetmariobetcasibomcasibomcasibomsahabetbetistmariobetcasibomtipobetcasibombetparkmatadorbetmatadormap