रेडियो   टिभी

क्रिकेटरको तलब १० हजार बढेर आउने, यस्तो छ सम्भावित ग्रेड


७ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका क्रिकेट खेलाडीले सन् २०१९ मा पाउने तलमा १० हजार बढेर आउने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहँदा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नै राष्ट्रिय टिमका खेलाडीहरुले तलब दिने गरेको थियो । तर उनीरूले २०१९ देखि तलब पाएका छैनन् ।निम्लम्बन फुकुवा भएपछि क्यानले २०१९ मा खेलाडीले पाउने तलबमा १० हजारका दरले बढाएर पठाउन प्रस्ताव गरेको थियो

अब ग्रेडिङमा रहेका हरेक तलहका खेलाडीको १० हजारका दरले बढेर तलब आउने क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । ‘क्यान आइसकेपछि पहिलाको ग्रेडिङको तह अनुसार १०-१० हजार थप्न सिफारिस गरेको हो’ सचिव प्याकुरेलले अनलाइनखबरसँग भने, ‘त्यो बमोजिम हामीले सबै प्रकिया पूरा गरेर पठाइसकेका छौँ । हाम्रो प्रस्ताव स्वीकृत भएको छ र प्रत्येक तहमा १० हजार बढेर तलब आउँछ ।’यसअघि ए ग्रेडमा रहेका खेलाडीले ३५ हजार, बी ग्रेडमा रहेकाले २५ हजार र सी ग्रेडमा रहेकाले १५ हजार पाउँदै आएका थिए ।
अब ए ग्रेडमा पर्नेले ४५ हजार, बी ग्रेडमा पर्नेले ३५ हजार र सी ग्रेडमा पर्नेले २५ हजार तलब पाउनेछन् ।
यसअघि खेलाडी २०१९ फेब्रुअरीमा २०१७ र २०१८ को एकमुष्ट तलब पाएका थिए । त्यतिबेला ए, बी र सी तीनवटै ग्रेडमा ७-७ खेलाडी थिए । त्यो बेला ग्रेडिङमा रहेका केही खेलाडीले २०१९ मा कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता नखेलेकाले उनीहरुले २०१९ को लागि तलब दिने ग्रेडिङमा नपर्ने सम्भावना छ ।
क्यानले भने २०१९ मा कुन ग्रेडमा को-को खेलाडी परेका छन् भनेर सार्वजनिक गरेको छैन ।

२०१७ मा आईसीसीले नै ग्रेडिङ गरेर तलब दिएको थियो । २०१९ मा भने नेपालले अन्तर्राष्ट्रिय स्तरमा जनाएको सहभागिता, बेलायतको एमसीसी टोलीसंग टीयू मैदानमा खेलेको सिरिजको आधारमा ग्रेडिङ गरिएको छ ।
‘आईसीसीले नै अन्तर्राष्ट्रिय सहभागिता र एमसीसीसँग भएको खेलका आधारमा एउटा ग्रेडिङ गरेको थियो’ प्याकुरेलले भने, ‘२०१९ को धेरै समय क्यान छँदै थिएन । अक्टोबर-नोभेम्बरपछि मात्रै क्यान शशर्त फुकूवा भाको हो । आइसीसीसँग भएको सल्लाहअनुसार उहाँहरू नै बनाएको ग्रेडिङ लिस्ट फरवार्ड गरेका हौँ ।’

२०२० पछि भने क्यान आफैंले ग्रेडिङ गर्ने उनले बताए ।

कुन क्रिकेटर कुन ग्रेडमा पर्लान् ?
पछिल्लो पटक खेलाडीले २०१९ फेब्रुअरीमा तलब पाउँदा तीन वटा ग्रेडमा ७-७ जना थिए । ए ग्रेडमा तात्कालीन कप्तान पारस खड्का र अहिलेका कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी सोमपाल कामी,सन्दीप लमिछाने र दीपेन्द्र सिंह ऐरी थिए ।

बी ग्रेडमा शक्ति गौचन, ललित भण्डारी, आरिफ शेखि रोहित पौडेलि करण केसी, अनिलकुमार शाह र ललित राजवंशी थिए । यस्तै सी ग्रेडमा सुबास खकुरेल, सागर पुन, दिलिप नाथ, सुनिल धमला, सुशन भारी, प्रदिप भरी र विनोद भण्डारी थिए ।

२०१९ को नयाँ ग्रेडिङमा यो लिस्टबाट केही खेलाडी बाहिरिने पक्का छ । २०१९ मा नेपालले खेल्नेको अन्तर्राष्ट्रिय खेलहरुमा सहभागिता जनाएका नयाँ खेलाडीहरु ग्रेडिङमा पर्नेछन् ।
पुरानो ग्रेडिङमा रहेका मध्ये बी ग्रेडमा रहेका शक्ति गौचनले सन्यास लिइसकेका छन् । यस्तै अनिलकुमार शाह र ललित भण्डारीले २०१९ मा अन्तर्राष्ट्रिय खेल खेलेनन् । ग्रेड सी मा रहेका सागर, दिलिप र सुनिलले पनि २०१९ मा खेलेका छैन । सुबास खकुरेलले पनि २०१९ मा खेलेका थिएनन् । उनले २०२० मा नेपालमै भएको आइसीसी विश्वकप लिग २ ट्राइ सिरिजमा ब्याकअप खेलाडीको रुपमा खेलेका थिए ।

२०१९ मा नखलेका खेलाडी ग्रेडिङमा पर्ने छैनन् ।
२०१९ मा अरु नयाँ युवा खेलाडीहरुले खेलेका थिए । अभिनाश बोहरा, पवन सर्राफ सन्दिप जोरा, इशान पाण्डे, कुशल भुर्तेल, रसिद खान जस्ता खेलाडीले २०१९ देखि खेल्दै आएका छन् ।
स्रोतका अनुसार २०१९ को अपडेट गरिएको ग्रेडिङमा करण केसी र विनोद भण्डारी ए ग्रेडमा पर्ने सम्भावना छ । त्यसो भएमा ए ग्रेडमा ९ जना खेलाडी पर्नेछन् ।
यस्तै सुशन भारी बी ग्रेडमा बढुवा हुनेछन् । बी ग्रेडमा यसअघि रहेका रोहित आरिफ र ललित राजवंशीले निरन्तरता पाउनेछन् भने पवन सर्राफ, अभिनाश बोहरा र सन्दीप जोराले इन्ट्री मार्ने सम्भावना छ ।

यस्तै सी ग्रेडमा प्रदिप ऐरी यथावत रहनेछन् भने राजु रिजालले पुनरागमन गर्नेछन् । राजु २०१६ मा पहिलो पटक क्यानले ग्रेडिङ गर्दा ग्रेडमा परेका खेलाडी हुन् । यस बाहेक सी ग्रेडमा कुशल भुर्तेल, रसिद खान इशान पाण्डे र कुशल मल्ल पर्ने सम्भावना छ ।

नयाँ ग्रेडिङ अनुसार २२ जना खेलाडीले आइसीसीबाट २०१९ को तलब पाउनेछन् । यस्तै टेक्निकल एनालिस्ट रमन शिवाकोटीले पनि तलब पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>