रेडियो   टिभी

नेपाल ज्योतिष परिषद् रुपन्देहीको अध्यक्षमा पुनः डुम्रे सर्वसम्मत


बुटवल, चैत २१ ।

नेपाल ज्योतिष परिषद् रुपन्देहीको तेस्रो अधिवेशन विश्व हिन्दु महासंघ रुपन्देहीको भवनमा सम्पन्न भएको छ ।

अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि नेपाल ज्योतिष परिषद्का केन्द्रीय सचिव सहप्राडा अर्जुनप्रसाद भट्टराईले ज्योतिषशास्त्र कुनै जाति धर्म र लिङ्ग विशेषको मात्र नभएर आकाशगङ्गाको अध्ययन गर्ने शास्त्र भएको बताउनुभयो । उहाँले ज्योतिषीहरु गणक र दैवज्ञ भएको बताउँदै गणितले विकस गरेको आधार स्तम्भ ज्योतिषशास्त्र भएको स्पष्ट पार्नुभयो । ज्योतिषीहरुको कर्तव्य दुखमा परेका जिज्ञासुहरुलाई दुखबाट निवृत्ती गराउनु दुख कष्ट नगराउनु र यी विषयमा सचेत रहन आग्रह गर्नुभयो । त्यस्तै डा भट्टराईले आयुर्वेद ज्योतिष र धर्मशास्त्र एक अर्काका परिपुरक भएको बताउँदै कृषिमा समेत ज्योतिषको महत्त्व हुने बताउनुभयो । युग सुँहाउदो व्यवसाय बनाउनु र ज्ञान प्राप्त गर्न अवसर नपाउनेलाई प्रशिक्षण गराउने कार्य नेपाल ज्योतिष परिषद् रहेको बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि केन्द्रीय सल्लाहकार थानेश्वर देवकोटा , केन्द्रीय सदस्य सुन्दर भण्डारी , शिवलाल पौडेल , लुम्बिनी प्रदेश अध्यक्ष जनार्दन न्यौपाने , उपमहासचिव डेमकुमारी अर्याल , सचिव मनोहर घिमिरे , कोषाध्यक्ष खिमप्रसाद पौडेल, रुपन्देहीका पुर्व अध्यक्ष माधव पाण्डे , वयोवृद्ध ज्योतिषी रुद्रनाथ बस्याल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

अधिवेशनले ज्योतिषी चक्रपाणी डुम्रेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा त्रिभुवन न्यौपाने , विष्णु पौडेल , नारायण पौडेल , सचीवमा रामकृष्ण चापागाईं , सह सचिवमा
ज्ञानहरी अर्याल , इन्द्राप्रसाद न्यौपाने , कोषाध्यक्षमा अर्जुन भुसाल, सहकोषाध्यक्षमा विष्णु पन्त, सदस्यहरुमा शेषनाथ उपाध्याय,कपिल न्यौपाने , गणेश मरासिनी , कृष्णप्रसाद पराजुली , चुरामणी पाण्डे निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृत नेपाल ज्योतिष परिषद् केन्द्रीय सचिव सहप्राडा अर्जुनप्रसाद भट्टराई निर्वाचन सदस्य सचिव केन्द्रीय सदस्य सुन्दर भण्डारी र सदस्यहरुमा , केन्द्रीय सल्लाहकार थानेश्वर देवकोटा , लुम्बिनी प्रदेश अध्यक्ष जनार्दन न्यौपाने , कोषाध्यक्ष खिमप्रसाद पौडेल को टिमले निर्वाचन गराएको थियो ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>