रेडियो   टिभी

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालय निर्णय


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमणको दर बढेसँगै आइतवार कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई दिएको सिफारिस अनुसार विद्यालय बन्द गर्न लागिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले माघ १५ गतेसम्म देशभरका सबै आधारभूत र माध्यामिक विद्यालय बन्द गर्नका लागि मन्त्रालयले सूचना जारी गर्ने बताउनुभयो ।

उहाँले विदाको अवधिमा पनि सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार विद्यालयहरुले अनलाइन माध्यमबाट पठनपाठन जारी राख्नुपर्ने पनि बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता शर्माले विद्यालय बन्द भएको बेलामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई खोपको प्रबन्ध गरिने पनि बताउनुभयो । विश्वविद्यालयको परीक्षाहरु भने सञ्चालन हुने उहाँले स्पष्ट पार्नुभयो ।

आइतवार बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement