रेडियो   टिभी

नेपाल ज्योतिष परिषद नवलपुरद्वारा स्वास्थ्य सचेतना कार्यक्रम


नेपाल ज्योतिष परिषद नवलपुर जिल्ला समिति द्वारा सही तरिकाले खाना  खान सिकाउने उद्दश्यले गैंडाकोट नवलपुरमा स्वास्थ्य सचेतना कार्यक्रम  संम्पन्न गरेको छ। हाल देशमा मान्छेहरुले सही तरिकाले खाना नजान्दानै धेरै किसिमका रोगहरु लाग्ने गरेकोले निरोगी हुन कसरी खानपान गर्नुपर्छ भन्ने बिसयमा कार्यक्रम केद्रित भएको सस्थाका सचिब ज्यो. गणेश ढुंगानाले बताउनुभयो । प्रकृतिमा भएको जडिबुटीको पहिचान कसरि गर्ने? सामान्य रोग लागिहाले गाउघरमै पाईने जडीबुटी कसरि चिनेर खाने भन्ने बिषयमा स्वास्थ्य अभियान्ता शुभद्रा तिवारीले प्रसिछण दिनुभएको थियो।

No photo description available.

पन्च तत्वले बनेको हाम्रो शरीरको उर्जालाई सन्तुलित राख्न हाम्रा पूर्वजहरुले हामीलाई दिएको ज्ञान विपरित चल्न नहुने कार्यक्रमका प्रमुख अतिथि नेपाल ज्योतिष परिषद केन्द्रीय सदस्य एवं वास्तु बिभाग प्रमुख ईन्जिनियर लक्ष्मी प्रसाद सोतीले बताउनुभयो।

No description available.

 

नवलपुर जिल्ला समितिको उक्त कार्यक्रममा जिल्ला समिति मध्येबाट उत्कृस्ट कार्यगर्ने सस्थाका कोषाध्यक्ष युक्त प्रसाद गौडेललाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो। आउदै गरेको दशैँ तिहार छठ लगायत बिभिन्न चाडबाडहरुको शुभकामना आदान प्रदान गरिएको उक्त कार्यक्रममा नेपाल ज्योतिष परिषद्को आउदै गरेको रास्ट्रीय सम्मेलनलाई सफल पार्ने बिषयमा छलफल भएको कार्यक्रमको अध्यक्षता गर्नुभएकी नवलपुर जिल्ला समिति अध्यक्ष लक्ष्मीकला ढुंगानाले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>