रेडियो   टिभी

कथाव्यास समाजको गण्डकी प्रदेश समिति गठन


No description available.
गण्डकी प्रदेशमा कथाव्यास समाजको प्रदेश समिति गठन भएको छ । पोखरा १० रामघाट स्थित गीता मन्दिरको सभाहलमा सम्पन्न कार्यक्रमले पं. पुण्य प्रसाद तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्य तदर्थ समिति गठन गरेको हो । समितिको
उपाध्यक्ष – पं. पशुपति पौडेल,
महासचिव – पं. कृष्णकान्त शाण्डिल्यायन,
सचिव – पं. हरिकृष्ण रेग्मी,
कोषाध्यक्ष – पं. गणेश रेग्मी
सदस्यहरूमा क्रमश
पं. केशब आचार्य,
पं. पुण्य प्रसाद सुबेदी,
पं. राजेन्द्र प्रसाद बराल,
पं. काशीराज सुबेदी,
पं. भानुभक्त उपाध्याय,
पं. केदार प्रसाद लम्साल चयन हुनुभएको छ ।
May be an image of 8 people and text
कथाव्यास समाजका केन्द्रिय सदस्य पण्डित देबभट्ट बराल (गोकर्ण) को संयोजन तथा केदारेश्वर महादेव मणी सेवा आश्रमका पीठाधिश चिद्धन चैतन्य डा. लेखनाथ आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले कथाव्यास शब्दको अर्थ र यसको मर्म अनुसार चल्न नसकेमा हिन्दूधर्म तथा सनातन धर्म माथिनै प्रश्न चिन्न खडा हुने हुदा सम्पूर्ण कथाव्यासहरूलाई यो प्रश्न चिन्न खडा हुन नदिनको लागि आफुहरू एकरुपताका साथ लागि पर्न आग्रह गर्नुभयो ।
May be an image of 8 people
No description available.
May be an image of 14 people, temple and text
कार्यक्रममा विन्दवासिनी संस्कृत विद्यापीठ (क्यामस) पोखराका प्राचार्य प्राध्यापक डा. जगन्नाथ रेग्मि, डा. भोलानारायण रेग्मि, पं. चतुर्भुज पौडेल, पं. कृष्णकान्त काफ्ले, पं. पुण्य प्रसाद तिमिल्सिना, पं. पशुपति पौडेल लगायतले आ-आफ्नो भनाई राख्नुभएको थियो। कार्यक्रम संयोजक पं. देवभट्ट बराल (गोकर्ण) ले कथाव्यास समाज गठन गर्नुपर्ने आवस्यकता र यसको महत्वको वारेमा प्रकाश पार्नुभएको थियो। उक्त कार्यक्रम संचालन विन्दुवासिनी संस्कृत विद्यापीठ (क्याम्पस) पोखराका उप- प्राध्यापक गणेश सुवेदीले गर्नुभएको थियो भने स्वागत मन्तब्य पं. केदार लम्सालले गर्नुभएको थियो ।
No description available.
प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>