रेडियो   टिभी

२०७७ साल ‌‌श्रावण ५ गतेको राशिफल – Sanatan online


मेष –
रचनात्मक काममा जुट्ने समय छ। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ।
वृष –
वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ।
मिथुन –
चिताएको काम सम्पादन हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
कर्कट –
खर्च तथा विवाद बढ्ने समय रहेकाले पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला।टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।
सिंह –
व्यापारमा सामान्य फाइदा हुनेछ।आम्दानीका नयाँ स्रोत भने फेला पर्नेछन्।तर अवसरका लागि केही दौडधुप गर्नुपर्ला।
कन्या –
भेटघाटले काममा अलमल्याउन सक्छ। उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ।
तुला –
प्रयत्न गर्दा नयाँ काम थालनी हुनेछ। सहयोगीहरूले पनि राम्रो सहयोग जुटाउनेछन्। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। तर परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला।
वृश्चिक –
लगानीमा जोखिम बढ्ने समय छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। श्रम परे पनि मिहिनेतको उचित मूल्य प्राप्त नहोला।
धनु –
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। तर, विचार नमिल्नाले आफन्तसँग मतभेद हुन सक्छ। वादविवादले साथीभाइमा फाटो ल्याउनेछ।
मकर-
प्रयत्न गर्दा आफन्तका माध्यमबाट लाभ उठाउन सकिनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट हुन सक्छ। अध्ययनमा भने त्यति समय दिन नसकिएला।
कुम्भ –
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम प्रारम्भ गर्ने समय छ।
मीन –
मिहिनेत गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ। आफन्तजनले उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।
प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>