रेडियो   टिभी

सनातन विद्वत् परिषद् नेपालले के के गर्यो ?? धार्मिक निर्णय।


सनातन विद्वत् परिषद् नेपालले आज केन्द्रीय समितिको बैठक सम्पन्न गरि बिभिन्न निर्णय गरेको छ .
Image may contain: 14 people, including जगन्नाथ सुवेदी, people standing and indoor
क) चाडै पुनश्च बिबिध बिषयमा विद्वत्सम्मेलन हुने ……
ख) प्रेस बिज्ञप्ति जारी गर्ने
ग) धार्मिक क्षेत्रको समस्या संकलन गरेर समाधानको प्रयास गर्ने ….
घ) विशेषतः गुरु शुक्रास्त सम्बन्धमा सर्वसाधारणमा जानकारी गराउने
गुरु तथा शुक्रास्तमा गर्न हुने कार्यहरूमा यी कार्यहरू पर्दछन् ।
१. मूल शास्त्रीय आधार नै हाम्रा प्रमाण हुन् । शास्त्रसम्मति अनुसारका कर्म गर्दा यो जन्मको सफलता र परजन्म पनि सफल हुनेछ ।
२. नित्यकर्म, नैमित्तिक कर्म, एकोद्दिष्टश्राद्ध, मासिकश्राद्ध, जन्मोत्सव पूजा, पूर्वशुद्ध गरेका तिथि व्रतादि कृत्य, वारव्रतादि कृत्य, नक्षत्रादि कृत्य, उपचारपरक ग्रह शान्ति, अगतिक नैमित्तिककर्म, १३ दिनसम्मका अन्त्येष्टि संस्कारका कर्महरू, मृतावस्थामा परेको पञ्चक शान्ति विधि, ग्रहण स्नान, ग्रहण दान, नित्य नैमित्तिक व्रतपूजा, अनन्यगतिक अन्नप्राशनसम्मका संस्कार र संस्कारसम्बद्ध कर्महरू, घटश्राद्ध, मासिकश्राद्ध, दर्शादिश्राद्ध, उनमासिकश्राद्ध, मन्वादि र युगादिमा गरिने श्राद्धदानादि कर्म, दैनिक गरिने अन्नदान, ब्राह्मण भोजन, पर्वहोम, अनन्यगतिक शान्तिपरक इष्टि, नित्य अग्निहोत्र, नित्यतर्पण, श्राद्धपरक तर्पण, दान पूजनादि कर्म, गजच्छायायोग, पहिलेदेखि प्रारम्भ गरेका व्रतादिको निरन्तरता, रविसप्तमीको व्रत, सोमवारे औंसीको व्रत आदि पर्दछन् ।
३. मङ्गल चौथिव्रत, बुधाष्टमीव्रत आदि सबैको निरन्तरता मात्र हुन्छ प्रारम्भ होइन । व्रत, प्रथमाब्दिक वार्षिक श्राद्ध, तिथि रिक्त नगर्ने गरी मलमासमा मरेकाहरूको धेरै वर्ष पछि त्यसै महिनामा आएको मलमासमा परेको तिथिमा गरिने श्राद्ध आदि यस प्रकारका कर्ममात्र गर्न मिल्ने शास्त्रले देखाएको छ ।
Image may contain: 2 people, including Purushottam Adhikari, people standing and hat
गुरु तथा शुक्रास्तमा गर्न नहुने कर्मको बुँदागत स्वरूप —
१. पहिलो पटक तीर्थयात्रा, देवयात्रादि समस्त धार्मिक कृत्यहरू वर्जित मानिएका छन् ।
२. नित्य नैमित्तिक कार्य छोडेर अन्य गतिका धार्मिक कृत्यहरू गर्नु गराउनु हुँदैन ।
३. मलमासमा गर्न नहुने कृत्यहरू र क्षयमासमा गर्न न हुने कर्महरू, गुरुशुक्रको अस्तमा र त्यसको अघि पछि लाग्ने सूतकमा बृहस्पतिको अतिचारमा पनि गर्न हुँदैन ।
४. तीर्थयात्रा, अनित्यदान अर्थात् विशेष दानादि कर्म, अनिमित्तिक अर्थात् काम्यकर्म, महादान, अग्निहोत्री हुन गरिने अग्निपरिग्रह, अध्वर अर्थात् यज्ञ यागादि, नान्दीमुखी श्राद्ध, मातृका पूजा, मधुपर्क ग्रहण गरी गरिने यावत् धार्मिक कृत्यहरू, प्रायश्चित्त परक व्रतहरू, स्नानादि कृत्यहरू, प्रथम उपाकर्म, व्रतबन्ध एवं उत्सर्ग कर्म, पवित्र दमनार्पण, सर्पबलिकर्म, विशेष उत्सव, देशको सीमानामा स्थापना गरिने सीमास्तम्भहरूको स्थापन, उत्सव, देवादिप्रतिष्ठा, न्यायालयीय दिव्य शपथविधि आदि अनेक पुण्यकर्महरू निषेध गरिएका छन् ।
५. मलमासमा जस्तै गुरुशुक्रको अस्तमा बालबृद्धावस्थामा र बृहस्पतिको अतिचारमा पनि यज्ञ यागादि ब्रतबन्ध विवाहादि माङ्गलिक कृत्य, चान्द्रायणादि प्रायश्चित्त ब्रत, पुराण श्रवणादि पूत्र्तकर्म, प्रतिष्ठादि देवत्वाधायक कर्महरू अर्थात् शुभ साइतपरक कर्महरू यस्ता अवस्थामा गरिदैनन् ।
६. गणेशादि देवताहरूको प्रतिष्ठा (प्राणप्रतिष्ठा) कर्म, तलाब, पोखरी, कुवा, धारा, बगैचा, चूडाकर्म, ब्रतबन्ध, वेदारम्भ, समावर्तन, वानप्रस्थ, सन्यासादि आश्रमान्तरका ग्रहणहरू, काजक्रियामा ११ दिनमा गरिने नित्य बृषोत्सर्गबाहेक काम्य बृषोत्सर्ग, राज्याभिषेक, वेदादिव्रत ग्र्रहणका समस्त कर्महरू अनन्यगतिक अन्नप्राशनको कर्म, गृह निर्माण वा आरम्भ, गृहप्रवेश, वेदव्रतस्नान, विवाहकर्म, ११, १२ दिनको मुख्यकालमा नामकर्म नभइ जुराएर गर्नुपर्ने मुख्यकाल कटेको नामकरण संस्कार, देवताका विशेष महोत्सवका कृत्यहरू, कुनै पनि प्रकारका व्रतको आरम्भ एवं समाप्ति, चान्द्रायणादि प्रायश्चित्त गरेर शुद्ध हुनुपर्ने अवस्थाका प्राजापत्य, चान्द्रायणादि शुद्धिपरक कुनै पनि कर्म गर्न निषेध गरिएको छ .
७. गुरुशुक्रको अस्तादिलाई मलमास बराबर मानिएकाले मलमासमा गर्न हुने कार्य र नहुने कार्यको पनि स्पष्ट रूपमा निर्णय गरिएको पाइन्छ ।
८. यस दृष्टिले हेर्दा हाल गुरुशुक्र अस्तमा अन्धाधुन्ध चलेका यज्ञहरू पुराणहरू, पितृकै नाम लिएर गरिने कर्महरू पनि गुरु शुक्रास्त भएको समयमा गर्नु शास्त्रसम्मत देखिँदैनन् ।
९. श्राद्ध कर्म पितृकर्म हो । पितृकार्यमा रातो चल्दैन । सप्ताह आदिमा देवताहरुको आवाहनमा रातो चन्दन र रातो अक्षता प्रयोग हुने गर्दछ । घण्ट शंख बजाईंदैन । यसरी एकैस्थानमा श्राद्ध र देवयज्ञ कदापि उचित हुँदैन । पितृपक्ष तथा शुक्रास्तको बेलामा विवाह ब्रतबन्ध आदि पूर्णतया निषेध छ ।
९. समाज वा व्यक्तिलाई हानि नोक्सानी हुने कामको लागि शास्त्रले अनुमति दिन पनि सक्दैन । यो शास्त्रको शाश्वत नियम हो । त्यसैले शास्त्रको विधि छोडेर गरिएको कार्यलाई र निषेध गर्दा गर्दै पनि कार्य गर्न शास्त्रीय अनुमति देखिँदैन ।
प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement