रेडियो   टिभी

तापक्रम बढ्दै गएकाले सजग हुन सुझाव


काठमाडौं । मौसमविद्ले तापक्रम बढ्दै गएकाले सजग हुन सुझाएका छन् । सोमबार मौसम विज्ञान विभागको तथ्यांकानुसार ३९ केन्द्रमा ३० देखि ४० डिग्री तापक्रम रेकर्ड भएको बताउँदै उनीहरूले यस्तो सुझाव दिएका हुन् ।

जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले तराईमा ४० डिग्री वा सोभन्दा बढी र पहाडमा ३० डिग्रीभन्दा माथि तापक्रप पुगे तातो हावा आउने बताए । तातो हावा चलेको अवस्थामा पर्यावरण सुक्खा रहने, पानी कम पर्ने हुँदा प्रदूषण बढ्ने र ठूलो वेगको हावा चल्दा भौतिक संरचनामा क्षति पुग्न सक्ने उनको भनाइ छ । उप्रेतीले पछिल्लो समय नेपालमा जलवायु परिवर्तनको असर तीव्र रूपमा देखापरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>