रेडियो   टिभी

एक लाख म्यादी प्रहरीका लागि खुल्यो भर्ना (सूचनासहित)


काठमाडौं । नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ । म्यादी प्रहरीका लागि चैत ६ गतेदेखि ११ गतेसम्म कार्यालय समय (बिहान १० बजेदेखि साँझ ५ बजेसम्म)मा आवेदन दिन सकिने छ। म्यादी प्रहरीका लागि ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन सकिने छ।

दर्खास्त फारम सम्पूर्ण जिल्ला प्रहरी कार्यालयमा पाइने भनिएको छ । म्यादी प्रहरीमा १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन पाउनेछन् ।

म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिकरुपले तन्दुरुस्त हुनुपर्ने लगायतका मापदण्ड राखिएका छन् । सेवा निवृत्त सेना, प्रहरी र पूर्व सुरक्षाकर्मी तथा पूर्व वन रक्षकहरुलाई प्राथमिकतामा राखिने उल्लेख छ ।

चैत १५ देखि म्यादी प्रहरीको छनौट हुनेछ भने अन्तिम नजिता चैत २२ गते प्रकाशित हुनेछ। नतिजा प्रकाशित भएपछि चैत २८ गतेदेखि प्रशिक्षण सुरु हुनेछ। म्यादी प्रहरीको कार्य अवधि बढीमा ४० दिनको हुनेछ।

प्रहरी प्रधान कार्यालय, नक्सालको मानव स्रोत तथा प्रशासन विभागका अनुसार म्यादी प्रहरीका लागि प्रहरी जवानको तलब सरह (आधारभूत तलब महिनाको २२,६८० रुपैयाँ) ले ३० हजार २४० रुपैयाँ दिइने भनिएको छ ।

उनीहरुलाई खाद्यान्नवापत एकमुष्ठ ७ हजार २०० रुपैयाँ र पोशाक र अन्य सामग्री खरिदका लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँका दरले थप रकम उपलब्ध गराइने भनिएको छ ।

यस्तो छ म्यादीको सूचना : 

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>