दमकमा टाटा मोटर्सद्धारा उत्पादित एसके १६१६ बिएस फोर टिफर सार्वजनिक
दमक – भारतको टाटा मोटर्स कम्पनीले उत्पादन गरेको टिफर नेपाली बजारमा आइपुगेको छ । बुधबार झापाको दमकमा मिनी लन्चको कार्यक्रम आयोजना गरेर एसके १६१६ बिएस फोर टिफरलाई सार्वजनिक गरिएको छ ।
टाटा मोटर्स कम्पनीका आधाकारिक बिक्रेता सिप्रदी टेड्रिङ प्रालिको मेची अञ्चलस्तरीय बिर्तामोड धाइजन शाखाले आज दमकमा सो टिफरलाई सार्वजनिक गरेको हो ।
दमक र आसपासका निर्माण व्यवसायीहरुको उपस्थितिमा आयोजित कार्यक्रममा सिप्रदी टेड्रिङ प्रालि इटहरी शाखा कार्यालयका सिनियर शेल्स मेनेजर ओम पाण्डेले टाटा मोटर्सले उत्पादन गरेको नयाँ टिफर नेपालको भु–बनौट र यहाँको वातबरण सुहाउँदो भएको बताउनुभयो । वहाँले नेपाली बजारमा आइपुगेको नयाँ टिफरको बिशेषता भनेकै पिकअप माइलोस बढी भएको र यो टिफरको मेशिन बातबरणमैत्री र प्रदुषणमुक्त भएको जानकारी गराउनुभयो ।
बजार अधिकृत गुरागाईले निर्माण व्यवसायीहरुबीच नयाँ उत्पादित टिफरको बारेमा थप बिशेषता र बित्तिय कारोबारसम्बन्धी नेपाल बंगलादेश बैंक मार्फत हुने जानकारी गराउनुभएको छ । सो क्रममा दमकस्थित नेपाल बंगलादेश बैंकका शाखा प्रमुख उज्वल भण्डारीले फाइनान्सको प्रकृया र हाल बैंकमा आर्थिक तरलतासम्बन्धी ग्राहकहरु र सहभागिहरुलाई जानकारी गराउनुभएको थियो ।
सिप्रदी टेड्रिङ प्रालि मेची अञ्चलस्तरीय शाखा कार्यालय धाइजनका बजार अधिकृत दिपेश गुरागाईले एसके १६१६ बिएस फोर टिफरमा १ सय ५६ हर्च पावर इन्जिन जडान भएको बताउनुभयो । बजार अधिकृत गुरागाईका अनुसार साढे ७ घन मिटर क्षमताको नयाँ टिफर नेपाली माटो र बातबरण सुहाउँदो भएकोले ग्राहकहरुको पहिलो रोजाईमा पर्नेछ ।
इटहरीमा एक महिना अघि सो टिफर ग्राहकहरुबीच सार्वजनिक गरिएको छ । देशभरको विभिन्न शहरहरुमा टाटा मोटर्स कम्पनीले उत्पादन गरेको नयाँ टिफरलाई बजारीकरण गरिरहेको सिप्रदी प्रालि कोशी अञ्चलस्तरीय कार्यालयका सिनियर सेल्स मेनेजर पाण्डेले जानकारी दिनुभयो ।