रेडियो   टिभी

कमल-१, बाँसबारीमा होली विशेष कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)


कमल – झापाको कमलमा रहेको कमलनगर जेसिज, लायन्स क्लब अफ केर्खा र लियो क्लब अफ केर्खाको संयुक्त आयोजनामा कमल-१, कमलपोखरी स्थित सभाहलमा आज होली पर्वको अवसरमा होली विशेष कार्यक्रम हर्षोल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

होली विशेष कार्यक्रमका संयोजक लोकबहादुर खड्काको सभापतित्व तथा प्याब्सन झापाका जिल्ला अध्यक्ष गौरीमान फागोको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा कमल-१ का वडा अध्यक्ष केदार कटुवाल, कमल-२ का वडा अध्यक्ष तारानाथ न्यौपाने, राजनीतिक व्यक्तित्व राजनबहादुर ढुंगाना, कमलनगर जेसिज वर्ष २०२२ का अध्यक्ष नारायण बस्नेत, कमलनगर जेसिजका आजीवन सदस्य तथा जग्गादाता लेखनाथ खतिवडा, लायन्स क्लब केर्खाका संस्थापक अध्यक्ष अग्निप्रसाद कोइराला, तोपगाछी प्रहरी चौकीका इन्चार्ज पूर्ण श्रेष्ठ, साथै जेसिज, लायन्स र लियो क्लबका पदाधिकारी तथा सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गौरीमान फागो, तारानाथ न्यौपाने, केदार कटुवाल, अग्निप्रसाद कोइराला लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमका आयोजक संस्थाहरूको तर्फबाट उपस्थित सबैलाई होली भेस्ट र लड्डु वितरण गरिएको थियो । कार्यक्रमको समापन पश्चात् सहभागीहरूद्वारा आपसमा रङ र अबिर लगाएर शुभकामना तथा सद्‌भाव आदान प्रदान गरिएको थियो ।

साथै होली पर्वको अवसरमा नै सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रमका आयोजक संस्थाहरूको तर्फबाट कमल २ समयगढ स्थित श्री महेन्द्र रत्न मा.वि. को प्रवेशद्वार नजिकै सडकमा जेब्रा क्रसिङ बनाउने काम पनि आजै सम्पन्न भएको छ ।

May be an image of 6 people, people standing and outdoors

May be an image of 3 people, road and street

No description available.

May be an image of 12 people, people standing, people sitting, indoor and text that says 'Holi'

May be an image of 8 people, people standing and indoor

May be an image of 2 people and people standing

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>