रेडियो   टिभी

दमकमा दमक गोल्डकपको तयारी पूरा


दमक – झापाको दमकमा दमक गोल्डकप भोली (बुधबार) बाट सुरु हुदैछ । दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजना गरेको गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको हो । दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा हुने प्रतियोगितामा चार विदेशी टोलीसहित दश टिमको सहभागिता रहनेछ ।

आज प्रतियोगिता सञ्चालन हुने मैदानमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर गोल्डकपको तयारी पुरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्बल, त्रिभुवन अर्मी फुटबल क्लब, मनाङमस्र्याङ्दी फुटबल क्लब, आयोजक दमक–११, बागमती युथ क्लब, गोर्खा ब्वाइज पुलिस क्लब भारत, मानेभञ्ज्याङ फुटबल क्लब दार्जेलिङ, दुर्गापुर सन्डे क्बल कोलाकाता, एमिनियर फुटबल क्लब क्यामरुनको सहभागिता रहने खेल संयोजक मोहन मगरले जानकारी दिए । बुधबारबाट हुने प्रतियोगिता १८ चैतमा सम्पन्न हुनेछ ।

प्रतियोगिताका लागि मैदान सम्याउने, प्याराफिट निर्माण लगायतको काम सकिएको दमक नगर खेलकुद विकास समिति अध्यक्ष भीमराज चौलागाईले जानकारी दिए । पाँच हजारदेखि सात हजार दर्शक अँट्ने प्याराफिट निर्माण गरिएको उनले बताए । प्रतियोगिताको उद्घाटन प्रदेश सांसद अर्जुन राईले गर्नेछन् भने समापन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने अध्यक्ष चम्लागाईंले जानकारी दिए ।

प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने अध्यक्ष चम्लागाईंले जानकारी दिए । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवाड र प्रशिक्षकले नगद २१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

सो प्रतियोगिताको उद्घाटन प्रदेश सांसद अर्जुन राईले गर्नुहुने कार्यक्रम रहेको र समापन कार्यक्रममा नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने पत्रकार भेटघाटमा जनाएको छ ।

यो वर्ष खेल मैदान पूर्व पश्चिम राजमार्गदेखी करिव ७ किलोमिटर उत्तर रहेकोले दर्शकहरुको सुविधाका लागि निशुल्क बसको व्यवस्था गरिएको छ । कृष्ण मन्दिर, गोरखा डिपार्टमेण्ट अगाडी, क्याम्पस मोड र पशुहाट स्थित बस पार्कमा गरी चारवटा बसले दर्शकलाई खेल मैदान सम्म लैजाने र पून त्यहीँ स्थानमा खेल सकिए पछि फर्काउने अध्यक्ष चौँलागाईले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

बुधबारको उद्घाटन खेलमा आयोजक दमक–११ र बागमती युवा क्लब सर्लाहीबीच खेल हुनेछ ।

 

 

May be an image of grass and tree

 

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>