यी प्रदेशका पहाडी क्षेत्रमा वर्षाकाे सम्भावना
काठमाडाैं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली छ ।
दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।