रेडियो   टिभी

इलामको माङसेबुङमा खोजमूलक पत्रकारिता तालिम सुरु


इलाम। इलामको माङसेबुङमा खोजमूलक पत्रकारिता तालिम सुरु भएको छ ।

हरप्रहर मिडिया प्रा.लिको आयोजना र माङसेबुङ गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा आइतबारबाट तालिम सुरु भएको हो ।

आइतबारबाट सुरु भएको तालिमको उद्घाटन माङसेबुङ वडा नम्बर ६ का वडा अध्यक्ष प्रदिप साम्पाङ राईले गरेका थिए । प्रमुख आतिथिको हैसियतले कार्यक्रममा सम्बोधन गर्दै उनले वडा कार्यालयले स्थानीय युवाहरुलाई व्यवसायिक पत्रकारितातर्फ आकर्षित गर्न तालिम आयोजना गरिएको जानकारी दिए ।

हरप्रहरन्यूजका प्रतिनिधि एवम् तालिम संयोजक सजन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माङसेबुङ वडा नम्बर ६ का इन्जिनियर काजीकुमार राई, वडा सचिव सृजना खड्का, इश्वरप्रसाद दाहाल, बाँझो स्वास्थ्य चौकीका प्रतिनिधिहरु कमला थेगिम, धर्मेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।

तालिममा नयाँ र पुराना गरी ३ पुरुषसहित १० जनाको सहभागिता रहेको छ । हरप्रहर न्यूज डटकमका सम्पादक एवम् फोनिजका संघीय उपाध्यक्ष कमन देवान, रेडियो किङ्स एफएमका स्टेशन म्यानेजर गोपाल झापाली लगायतले सहजीकरण गर्दैछन् ।

गत आर्थिक वर्ष २०७७/०७८ मा पनि माङसेबुङ वडा नम्बर ६ मा वडा सिलिङ बजेटमार्फत आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>