चार हजार जना माग गर्दै सेनाले खुलायो जागिर (विज्ञापनसहित)
काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले ठूलो संख्यामा सैन्य पदमा आवेदन माग गरेको छ। खुला तथा समावेशी प्रतिस्पर्धाबाट चार हजार जना माग भएको हो। निर्देशनालयले आज गोरखापत्रमा सूचना निकालेर विभिन्न गणका लागि सैन्य पदमा आवेदन खुला गरेको छ। चार हजारमध्ये खुलातर्फ दुई हजार ९८ जना माग गर्दै दरखास्त माग भएको छ भने अरू समावेशीतर्फ मागेको छ।
आजदेखि वैशाख १६ गतेसम्म दरखास्त दिन सकिन्छ। देशका विभिन्न भर्ना केन्द्रबाट दरखास्त दिन सकिने व्यवस्था मिलाइएको छ। फारम बुझाउँदा १५० दस्तुर लाग्नेछ। ८ कक्षा पास गरेकाले पनि दरखास्त दिन पाउनेछन्। पुरूषका लागि उचाइ न्युनतम ५ फिट ३ इन्च हुनुपर्नेछ भने महिलाका लागि न्युनतम ५ फिट हुनुपर्नेछ। १८ वर्ष पूरा भई २२ वर्ष ननाघेकोले दरखास्त दिन पाउनेछन्। परीक्षा भने जेठ ५ गते हुनेछ।
नेपाली सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले बिहिबार गोरखापत्रमा एक सूचना प्रकाशित गरेर ४ हजार सैनिक जवानको लागि नयाँ भर्ना खुल्ला गरेको जनाएको छ ।
हेर्नुहोस् विज्ञापन:







