उपकार लघुवित्तको आइपीओ खुल्यो
काठमाडौं। उपकार लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आज (चैत २५ गते)बाट साधारण सेयर बिक्री खुला गरेको छ। संस्थाले निष्कासन गर्ने सेयरमा चैत २९ गतेसम्म आवेदन दिन सकिन्छ।
घुवित्तले प्रति सेयर १०० रुपैयाँ दरका २ लाख ३६ हजार २५० कित्ता सेयर निष्कासन गर्न लागेको हो। कम्पनीको जारी पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँ छ। यसको ३६ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो।
लघुवित्तले निष्कासन गर्न लागेको सेयरमध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ३२८१ कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। सर्वसाधारणले २ लाख २१ हजार १५६ कित्ता सेयरमा मात्र खरिदका लागि दाबी गर्न पाउने छन्।
कम्पनीको सेयरमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिन्छ। लघुवित्तले आईपीओको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त्त गरेको छ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आइपिओमा आवेदन दिन सकिनेछ।







