रेडियो   टिभी

स्थानीय तह निर्वाचनको लागि ७० लाख भन्दा बढी मतपत्र छापिए


काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि ७० लाख ३३ हजार थान मतपत्र छापेको छ ।

‘आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये बिहीबारसम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाई सम्पन्न भएको छ,’ निर्वाचन आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाल दैनिक सरदर ८ लाख थान मतपत्र छपाई कार्य भइरहेको छ ।’

आवश्यक पर्ने कूल मतपत्रमध्ये ३६।२५ प्रतिशत छपाई सम्पन्न भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>