रेडियो   टिभी

पाकिस्तानमा ९० जना सवार विमान दुर्घटनाग्रस्त


९ जेष्ठ २०७७, शुक्रबार 

पाकिस्तानमा जहाज दुघर्टना भएको छ । लाहोरबाट कराँचीका लागि उडेको पाकिस्तान इन्टरनेशनल एअरलाइन्स पीआईएकाे जहाज कराँची विमानस्थल नजिकै दुघर्टना भएको हो ।

दुघर्टनास्थलबाट कालो धूवाँको मुस्लाे उडिरहेको र विमानमा रहेका ९० जना यात्रुको अवस्था खुलिनसकेको द न्यूजले जनाएको छ । तर, भारतकाे समाचार च्यानल जी न्यूजले विमानमा सवारहरूकाे संख्या एकिन नभएकाे जनाएकाे छ। जी न्यूजले ९० यात्रु र ८ जना चालक दल वा ९९ यात्रु र ८ चालक दल रहेकाे भनी दुईथरि विवरण आइरहेकाे जनाएकाे छ ।

अहिले उद्धार सुरु भइसकेको पीआईएका प्रवक्ता अब्दुल सत्तरले जानकारी दिएको डन अनलाइनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>