जेठ १ देखि सातामा दुई दिन बिदा दिने सरकारको निर्णय
काठमाण्डौँ । सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ देखि लागू हुने गरी शनिवार र आइतबार बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । परीक्षणका रूपमा अहिलेलाई दुई दिन बिदा दिने निर्णय गरेको हो ।
उक्त समयदेखि बिहान ९ः३० देखि बेलुका ५ः३० बजेसम्म कार्यालय सञ्चालन गरिनेछ । यसअघि बिहान १० देखि ५ बजेसम्म कार्यालय समय थियो । मुलुकको अर्थतन्त्र संकटग्रस्त हुन थालेको भन्दै सरकारले बिदाको समय बढाएको हो ।
पेट्रोलियम पदार्थ महंगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो।