रेडियो   टिभी

रिभर फल्स पावरको आईपीओ आजबाट बिक्री खुला


काठमाडौं :  रिभर फल्स पावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ।

कम्पनीले २७ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो। प्रतिकित्ता १०० अंकित मूल्यका दरले २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ। यो मध्ये ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी २५ लाख ३८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै शेयर बिक्री नभएमा जेठ ११ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। यो आईपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

रिभर फल्सले यसअघि आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>