रेडियो   टिभी

वास्तु शास्त्र विभागको प्रमुखमा गैँडाकोटका सोती नियुक्त


नेपाल ज्योतिष परिषद् केन्द्रीय कार्यालयले नवलपुर गैँडाकोटका वास्तुविद् ई. लक्ष्मीप्रसाद सोतीलाई वास्तु शास्त्र विभागको प्रमुखमा नियुक्त गरेको छ ।

परिषद्को सोमबार बसेको बैठकले केन्द्रीय सदस्य समेत रहनुभएका सोतीलाई वास्तु शास्त्र विभागको केन्द्रीय विभाग प्रमुख पदमा नियुक्त गरेको हो । केन्द्रीय अध्यक्ष ज्यो. माधवराज पाण्डेले वास्तु शास्त्रको विशेषज्ञमध्येबाट सोतीलाई प्रमुखमा नियुक्त गर्नुभएको हो ।

सोतीलाई वास्तु शास्त्र विभागको प्रमुखमा नियुक्त गरी पदबहालका लागि आमन्त्रण गरिएको परिषद्का महासचिव कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो । त्यस्तै दाङका ज्यो. केशव गौतमलाई फलित ज्योतिष विभाग प्रमुखमा नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>