रेडियो   टिभी

झापाको दमकमा रहेको हाम्राे खानपिन अड्डाकाे शौचालय सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न सकिने


दमक । झापाको दमकका १० युवाहरुद्वारा संचालित हाम्राे खानपिन अड्डाद्वारा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को समर्थन गर्दै होटलको शौचालयलाई सार्वजनिक शौचालय को रुपमा प्रयोग गर्न सकिने घोषणा आजबाट गरेको छ ।

अड्डाका संचालकहरू मध्ये विकाश घिमिरेका अनुसार हामीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को समर्थन गर्दै हाम्रो होटलको शौचालयलाई सार्वजनिक शौचालय बनाएका हौं । यो सार्वजनिक शौचालय अभियान काठमाडौं महानगरपालिकामा मात्र सीमित न भई देश भर नै सञ्चालन होस् र नेपाल लाई नै सफा र स्वच्छ बनाऊ टेवा पुगोस् भन्ने हाम्रो चाहना हो । “बलेन् हाम्रो लागि, हामी बालेन् का लागि” भन्ने नारा साथ हामी १० युवा द्वारा संचालित हाम्राे खानपिन अड्डा को शौचालय लाई सार्वजनिक शौचालय को रुपमा प्रयोग गर्न सकिने घोषणा गरेका हौं ।

अड्डामा विशेष गरी चिकेन, बटाई, भेजका फरक फरक परिकारहरु पाइने साथै जन्मदिन, बिभिन्न संस्थाका पार्टी, मिटिङ्ग गर्नका लागि सुविधा सम्पन्न ठाउ सहित रहेको छ । दमकका विभिन्न क्षेत्रमा व्यवसायमा काम गरिरहेका युवाहरुले आफ्नै क्षेत्रमा ताजा सफा मीठो खानाका परिकारको सेवा दिनको लागि दमकको बालुवाटारमा हाम्रो खानपिन अड्डा संचालित छ।

No description available.

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>