सुनचाँदीको मुल्य आज कति पुग्यो ?
काठमाडौं – आज मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
हिजो सोमबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज मंगलबार प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो सोमबारको तुलनामा आज मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।
हिजो सोमबार प्रतितोला १ हजार १४५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि प्रतितोला सेही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।