झापाको दमकमा गायक दिपक बज्राचार्यको कात्तिक ५ गते लाइभ कन्सर्ट हुदै
दमक । विगत १५ वर्ष भन्दा बढी मनोरञ्जन क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आइरहेको प्लानेट मल्टिमिडिया ईन्टरनेशनल प्रा.लि.ले झापाको दमकमा रक निरन्तर नामक साङ्गितिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
दिपक बज्रचार्य र उहाँका ११ जना ब्यान्ड सदस्य सहित प्रस्तुत हुन लागेका हुन् । बज्रचार्यद्धारा पूर्वमा वृहत साङ्गितिक प्रस्तुती दिन लागेको यो पहिलो पटक हो । यस अघि केही स्थानमा प्रस्तुती दिए पनि ११ जनाको नृत्य समूह पहिलो पटक प्रस्तुत हुन लागेको हुन् जसमा १० जनाको नृत्य समूह पनि थपिनेछ । कार्यक्रममा एकै मञ्चमा २० भन्दा बढी कलाकार एकै चोटी प्रस्तुत हुने भएका छन् ।
कार्यक्रमको आयोजना यही कात्तिक ५ गते ईट्टाभट्टा स्कूल अर्थात सरस्वती माध्यमिक विद्यालय दमक-९ मा गरिने आयोजकका प्रवन्ध निर्देशक मोहित मर्हजनले बताएका छन् ।
