रेडियो   टिभी

गायक राजेशपायल राई असोज १० गते दमक आउदैँ


दमक । गायक राजेश पायल राई असोज १० गते दमक आउने भएका छन् ।

सिकलसेल (बोनम्यारो) क्यान्सरबाट पीडित शिवसताक्षी ८ का २८ वर्षीय विशाल दुमी राईको उपचारका लागि असोज १० गते सोमबार साँझ ५ बजेदेखि ९ बजेसम्म हुने कन्सर्टमा सुप्रसिद्ध गायक (राईइज किंग) राजेशपायल राईसहित चर्चित गायक एकदेव लिम्बूले प्रस्तुति दिने छन् । दमक ९ स्थित सरस्वती माविको प्राङ्गणमा हुने कन्सर्टमा सुनिला लिम्बू, ममता गुरुङ र निमा तामाङले पनि प्रस्तुति दिने छन् ।

उक्त कार्यक्रमको लागि टिकट दर रु ३०० राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>