रेडियो   टिभी

गाउँले होम कियर एलएलसीले गर्यो शरर्णाथी बालबालिकालाई ४ लाख बढीको सहयोग सामाग्री हस्तातरण


दमक । अमेरिकाको पेन्सीभिलीयामा रहेको गाउँले होम कियर एलएलसीले भुटानी शरर्णाथी शिविरमा बसोबास गर्दै आएका विद्याथीहरुलाई करिब ४ लाख बराबरको सामाग्री हस्तातरण गरिएको छ ।

अमेरिकाको पेन्सीभिलीयामा रहेको गाउँले होम कियर एलएलसीका सिईओ तथा समाजसेवी बिरास अधिकारीले भुटानी शरर्णाथी शिविरमा बसोबास गर्दै आएका बाल केन्द्रमा अध्ययनरत कक्षा नर्सरी देखि कक्षा १ सम्मका २११ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, बिद्यालयका पोशाक, स्टेसनरीका समान साथै बाल केन्द्रलाई टेबल कुर्सि लगायतका सामान गरी करिब ४ लाख बराबरको सामाग्री हस्तातरण गरिएको छ ।

No description available.

शुक्रबार झापाको दमकमा रहेको बेलडागी शरर्णाथी शिविरमा एक कार्यक्रमका उक्त सामाग्री वितरण गरिएको संस्थाका सहजीकरण प्रमुख कुमार तामाङले जानकारी दिनु भएको छ । शैक्षिक सामाग्री बितरणमा आर्थिक सहयोग गाउँले होम कियरका सिईओ तथा समाजसेवी बिरास अधिकारी लगायत हाल अमेरिकामा नै बस्दै आउनु भएका बेदा काफले, तारा बास्कोटा, रबिन सुबेदी, सोभित काफले घना रसाईली, धन तामाङ, लक्ष्मी दुलाल लगायतको सहयोगमा सो सामाग्री बितरण गरिएको हो ।

No description available.

आफ्नो बाल्यकाल पनि सोही शिबिरमा बिताएको र अत्यन्तै कष्टकर र अभाब जीवन विताउनु परेको हुनाले आफ्नो जस्तो अभाब हालका बालबालिकामा नहोश भन्ने उद्धेश्यले उक्त सामाग्री बितरण गरिएको र सामाग्री बितरण गर्न पाउदा आफुहरु पनि एकदमै खुसि भएको सिईओ तथा समाजसेवि बिरास अधिकारीले जानकारी दिनु भएकोे छ ।

No description available.

सामाग्री हस्तान्तरण कार्यक्रममा उपस्थित बालबालिकाका अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई सहयोग प्राप्त भएकोमा अभिभाबकहरुले खुशी व्यक्त गरेका छन् । यस सहयोगले आफ्ना नानीहरुलाई पढाउन र पढ्न थप सहज भएको शरणार्थी शिविरका बसन्त राईले बताए । गाउँले होम कियर एलएलसीले आगामी दिनमा पनि यस्तै सहयोग बितरणको कार्यलाई निरन्तरता दिने गाउँले होम कियरका सिईओ तथा समाजसेवी बिरास अधिकारीले प्रतिबदता व्यक्त गर्नुभएको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>