रेडियो   टिभी

नेपालकै इतिहासमा बृहद् आचार्य अभिनन्दन समारोह हुने


भरतपुर,चितवन/नेपालकै इतिहासमा पहिलोपटक नवलपुरको ‌‌श्रीमद् रामानुज वेदविद्याआश्रममा बृहद् आचार्य अभिनन्दन समारोह हुनेभएको छ।
No photo description available.
नवलपुरको गैँडाकोटमा अवस्थित श्रीमद् रामानुज वेदविद्याआश्रममा बृहद् आचार्य अभिनन्दन समारोहमा नेपालभरि रहनुभएका ५१ जना विद्वान आचार्य स्वामी हरुको अभिनन्दन गरिने भएको छ।यो कार्यक्रम असोज २९गते देखि  ३१ गते सम्म हुने समारोहमा ६५वर्षपार गर्नुभएका ‌‌श्रीबैष्णव सम्प्रदायका जेष्ठ आचार्य हरुको योगदानको सम्मान गर्न अभिनन्दन समारोहको आयोजना गरिएको श्रीबैष्णव युवा परिषद्का केन्द्रीय महासचिव आकाश गोविन्द जी ले बताउनुभयो।
नेपालकै इतिहासमा पहिलोपटक नवलपुर गैँडाकोटमा आयोजना हुन लागेको अभिनन्दन समारोहको शोभायात्रा असोज २९ गते भौमबार प्रात ; ९बजे सुरु गरिने छ। श्रीमद् रामानुज स्वामिजीको वैभव विग्रहका साथ देवघाटधामबाट प्रारम्भ भइ विभिन्न मठमन्दिर परिक्रमा गरि गैँडाकोट सम्म आइपुग्ने छ ।
No photo description available.
श्रीबैष्णव सम्प्रदायका बिभिन्न परिषद्को आयोजनामा हुन लागेको ऐतिहासिक बृहद् आचार्य अभिनन्दन समारोहमा नेपालभर रहनु भएका सयौँ आचार्य हरुको उपस्थिति रहने छ। समारोह श्री श्री श्री त्रिदण्डी पराङ्कुशाचार्य स्वामीजीको प्रमुख आचार्यत्व, श्री १००८ जगद्गुरु रामानुजाचार्य वासुदेवाचार्य स्वमीजीको प्रमुख आतिथ्यता र श्रीबैष्णव परिषद्का केन्द्रीय अध्यक्ष श्री  १००८ देवराजाचार्य स्वामीजीको अध्यक्षतामा सम्पन्न हुनेछ।
प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>