रेडियो   टिभी

तेह्रथुमको छथरमा एक हप्ते आधारभूत उद्घोषण तथा रेडियो पत्रकारीता तालिम सम्पन्न


तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाको शुक्रबारेमा एक हप्ते आधारभूत उद्घोषण तथा रेडियो पत्रकारीता तालिम समापन भएको छ । कमल मिडिया, शुभ सञ्चार गृह र रेडियो छथर ९५.३ मेगाहर्जले संयुक्त रुपमा आयोजना गरेको आधारभूत उद्घोषण तथा रेडियो पत्रकारीता तालिम आइतबार सम्पन्न भएको हो ।

छथर गाउँपालिकाको सभाहलमा ७ दिनसम्म सञ्चालन भएको तालिममा नेपएक्सप्रेसका कार्यकारी सम्पादक मदन भट्टराई र कमल कटुवालले प्रशिक्षण दिएका थिए ।

माघ ३ गतेबाट सुरु भएको तालिममा छथर गाउँपालिकाका १५ जनाको सहभागीता रहेको तालिम संयोजक बिनोद भट्टराईले बताए ।

कार्यक्रमको औपचारिक कार्यक्रममा छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेला (सन्तवीर लिम्बु), पालिकाका प्रवक्ता राजन नेपाली, पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गुणराज बानियाँ लगायत पालिकाका सम्पूर्ण शाखाका कर्मचारी तथा स्थानीय र तालिममा सहभागीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>