रेडियो   टिभी

छथर अस्पतालमा सञ्चालित निशुल्क स्वास्थ्य शिविरमा २ सय ३९ जनाले सेवा लिए


तेह्रथुम । तेह्रथुम जिल्लाको छथर अस्पतालमा शनिबार सञ्चालन भएको एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । छथर गाउँपालिकाको आयोजना तथा बिजयपुर अस्पताल धरानको सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा गाउँपालिकाका २ सय ३९ जनाले स्वास्थ्य सेवा लिएको स्वास्थ्य शाखा छथरका प्रमुख गिरीराज खड्काले बताउनु भयो ।

विपन्न तथा आर्थिक कमजोर भएका नागरिकहरुले महंगा र टाढा रहेका अस्पतालहरुबाट सेवा लिन मुस्किल बन्दै आई रहेको बेला निशुल्क स्वास्थ्य शिविरको आयोजना गरी नागरिकलाई सेवा दिइएको हो। यसै गरि छथर गाउँपालिका र विजयपुर अस्पताल बिच द्वोपछिए सम्झौता भएको छ । सम्झौतामा हस्ताक्षर गर्दै छथर गाउँपालिकाले गरेको विपन्नताको सिफारिसको आधारमा निशुल्क सेवा पाउने गरी सम्झौता भएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनु भयो ।

गाउँको केन्द्रमा निशुल्क रुपमा सञ्चालन भएको स्वास्थ्य शिविरमा बालबालिका देखी जेष्ठ नागरिकहरुले सेवा लिएका थिए । शिविरमा एक दर्जन बढी चिकित्सकहरुले बिभीन्न रोगका बिरामीहरुलाई सेवा दिएका थिए । स्वास्थ्य जाँचका साथै निशुल्क औषधी उपचार पाउँदा यहाँका नागरिकलाई राहत मिलेको सेवाग्राही नर बहादुर बस्नेतले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>