रेडियो   टिभी

नेपाल सिनेमा फेस्टमा निप फिल्मका प्रोपाइटर ढकाल सम्मानित


दुबई – चलचित्र विकास बोर्डले आयोजना गरेको नेपाल फिल्म महोत्सवमा मध्यपूर्वमा नेपाली चलचित्र प्रबर्द्धनमा महत्वपूर्ण योगदान गरेको भन्दै निप फिल्मका प्रोपाइटर रमेश ढकाललाई सम्मान गरेको छ ।

युएईमा रहेर नेपाली चलचित्रको व्यवस्थापन गर्दै आएका रमेश ढकालले नेपाली चलचित्रको बजारलाई युएईमा बसेर युएई, कतार, बहराईन र ओमनका सबै सहरहरुमा विस्तार गर्दै नियमित नेपाली चलचित्र प्रर्दशनी गरिरहेका एक मनोरञ्जनप्रेमी युवा हुन ।

नेपाल सिनेमा फेस्ट यूएईको आर्थिक सहर दुबईमा गत फेब्रुअरी १२ गते देखि भइरहेको छ । व्यवसायिक रुपमा धेरै कमाइ गर्ने फिल्म ‘कबड्डी ४’ प्रदर्शन गर्दै सुरु भएको नेपाल सिनेमा फेस्ट उद्घाटन समारोहमा नेपाली प्रदर्शक, निर्माता, कलाकार, सञ्चारकर्मी, गैरआवासीय नेपालीहरुको सहभागी रहेको थियो ।

नेपाल सिनेमा फेस्टको प्रचारप्रसारले झकिझकाउ पारिएको मल्टिप्लेक्समा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, कलाकारहरु अनमोल केसी, उपासना सिंह ठकुरी, शिव श्रेष्ठ, निर्देशक भूषण दाहाल, रामबाबु गुरुङदेखि दुबईस्थित व्यवसायी र एनआरएनए प्रतिनिधिहरु उपस्थित रहेका छन् ।

बोर्ड अध्यक्ष भुवन केसीले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्ने ढोका दुबईबाट खुला भएको बताएको छ । यसमा अगाडी देखिने रमेश ढकालले ब्याक्तिगत रुपमा गर्नु भएको योगदानलाई हामी सरहना गर्दछौ । ‘दुबई नेपालपछि नेपाली फिल्मको दोस्रो ठूलो बजार बन्न सक्ने देखिएको छ भन्दै अध्यक्ष केसीले युएईमा रहेका सम्पूर्ण दर्शक तथा सामाजिक संघसंस्थालाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>