रेडियो   टिभी

कमलको महेन्द्र रत्न मा.वि.मा कम्प्युटर तालिमको उद्‌घाटन समारोह सम्पन्न


बिजयकुमार अधिकारी, कमल, ११ फागुन । झापाको कमल-२, समयगढस्थित महेन्द्र रत्न मा. वि.को आयोजनामा आइसिटि मैत्री कक्षाकोठा निर्माण सहयोग कार्यक्रमअन्तर्गत व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना-दोस्रो, बुद्धनगर काठमाडौँबाट प्रवत्त विद्यालयका शिक्षकहरूका लागि १२ दिने कम्प्युटर तालिम कार्यक्रमको उद्‌घाटन समारोह आज बिहीबारका दिन सम्पन्न भएको छ ।

विद्यालयका प्रधानाध्यापक बालकृष्ण संग्रौलाको अध्यक्षतामा सञ्चालित उक्त समारोहलाई प्रमुख अतिथि रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवनकुमार राईले ब्यानर वाचन गरी उद्‌घाटन गर्नुभएको थियो । कार्यक्रममा शिक्षकअभिभावक सङ्‌घका सदस्यद्वय शुभेच्छा खड्का र कमला खत्रीको समेत आतिथ्य रहेको थियो ।

उक्त समारोहमा तालिम कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवनकुमार राईले निर्धारित समयको कम्प्युटर तालिम कार्यक्रमबाट शिक्षकहरूको सूचना तथा सञ्चार प्रविधि सम्बन्धी सिप एवम् दक्षता अभिवृद्धि हुने र कक्षाकोठालाई प्रविधिमैत्री बनाउने विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको चाहना साकार बन्न सक्ने कुरामा आफू विश्वस्त रहेको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा कमला खत्रीले शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो भने स्वागत मन्तव्य माध्यमिक तहका विज्ञान शिक्षक खगेन्द्रप्रसाद दाहालले गर्नुभएको थियो । उक्त समारोहको सञ्चालन शिक्षक विजयकुमार अधिकारीले गर्नुभएको थियो । ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>