रेडियो   टिभी

बुङ्गल नगरपालिकाको जेसिबीको बकेट र मेयर चढ्ने गाडीको फोरह्विल बेचियो


बझाङ – बुङ्गल नगरपालिकाको जेसिबि (स्काइभेटर)को बकेट सहित नगर प्रमुखले चढ्ने गाडिमा रहेको फोर ह्विल बेचिएको छ । बुङ्गल नगरपालिकाले नगर भित्रका सडक मर्मत तथा निर्माण प्रयोजनका लागि २०७४ सालमा आधा करोड लगानीमा खरिद गरेको जेसिबिको बकेट र नगरप्रमुख जयबहादुर धामीले चढ्ने गाडिको फोर ह्विल बेचिएको स्रोतले बताएको छ । जेसिबी चालक गणेश खडायतले भने मेयर धामी र निवर्तमान निमित्त प्रमुख प्रमुख प्रशासकिय अधिकृत देवराज जोशीलाई सोधेर बेचेको बताएका छन्।

चालक खडायतका अनुसार जेसिबिको बकेट लामो समय देखि अर्काको जमिनमा थन्किएको र पुरानो भएकोले नगरपालिकाका मेयर धामी र निवर्तमान प्रशासकिय अधिकृत जोशी सङ्ग सल्लाह गरेरनै सात हजारमा बेचेको बताउनु भयो । चालक खडायतले उक्त रकम हिनामिना नभएको तर आफुलाई दाखिला गर्नु पर्छ भन्ने थाहा नभएर दाखिलाभने नगरेको बताएका छन् ।     जनताको करबाट खरिद भएको नगरपालिकाको सम्पत्ति कुनै निर्णयनै नगरी मेयर धामीकै निर्देशनमा पालिकाको सम्पति बेच्न लागेको भन्दै नगर प्रमुख लगायत बुंगल नगरपालिकाका जनप्रतिनीधी र कर्मचारीको सामाजिक संञ्जालमा चर्को आलोचना भइरहेको छ । जेसेवीको बकेट संगै मेयर चढ्ने गाडिको फोर ह्विल पनि बेचिएका खुलेकोे छ । उक्त गाडीको फोर ह्विलको मुल्य एउटाको मात्रै चार लाख पर्दछ ।

यस बारेमा नगरप्रमुख जय बहादुर धामीले भने आफुलाई थाहा नभएको बताएका छन् । नगरप्रमुख धामीले जेसिबीको बकेट पुरानो भएर काम नलाग्ने स्थितिमा रहेको र उक्त बकेट नगरपालिकाका जेसिबी चालक गणेश खडायत लगायतका केही ब्यक्तिहरुले कभाडमा बेचेको स्वीकार गर्नु भयो । अहिले पुरानो बकेट बचेर नयाँ खरीद गर्ने कुरा भएको उहाँले धामीको भनाई छ । नगर प्रमुख धामीले आफुले चड्ने गाडीको फोर ह्विल थियाे कि थिएन भन्ने आफुलाई जानकारी नहुने समेत बताएका छन् ।

पालिकाको सम्पत्ति बेचेर खान लागेको भन्दै जनप्रतिनीधी र कर्मचारीको चर्को आलोचना समेत भइरहेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>