बुंगल नगरपालिकाले चैनपुरमा भाडामा लिएको घर काम विहीन , बार्षिक लाखौ भडा तिर्दै नगरपालिका
बझाङ : जिल्लाको बुंगल नगरपालिकाले दरमुकाम चैनपुरमा अनावस्यक घर भाडामा लिएको छ । नगरपालिकाले ४ बर्ष पहिले बुंगल नगरपालिकाको कार्यालय बिजगडामा इन्टरनेट नचल्ने ,लेखा अधिकृत पनि जिल्ला अदालतका लेखापाल शिवराज पण्डेय रहेकाले लेखा सम्बन्धि प्रसाशनिक काम गर्न सहज हुने भन्दै सदरमुकाम चैनपुर स्थित दान बहादुर सुर्मेलीको घरका ४ वटा कोठा भडामा लिएको थियो । पछि २०७७ साल पहिले नै नगरपालिकाका सबै कामकाजहरु नगरपालिकाको कार्यालय बिजडाबाटै संचालन गर्न लागेपछि सदरमुकाम चैनपुरमा भाडामा लिएको घर काम विहीन बनेको बुंगल नगरपालिकाका लेखा अधिकृत गजाधर शार्कीले बताउनु भयो ।
विगत ३ बर्ष देखि उत्त घर काम विहन अवस्थामा रहेको भएपनि बुंगल नगरपालिकाले भने मासिक २५ हजार भाडा तिर्दै आएको छ । कुनै काम बिनानै सदरमुकाममा अनावस्यक घर भाडामा लिएर लामो समयदेखी राज्यको ढुकुटी बाट नगरपालिकाले भाडा तिर्दै आएको भन्दै बुंगल नगरपालिका वडा नं ६ का वडा सदस्य प्रेम धामी लगाएत अन्य स्थानियले नगरपालिकाका मेयर जयबहादुर धामी र अन्य जनप्रतिनिधी , कर्मचारीकोको आलोचना गर्न थालेका छन् ।
यस विषयमा बुंगल नगरपालिकाका मेयर जय बहादुर धामीले भने पहिला नगरपालिकामा इन्टरनेटले काम नगर्ने गरेको र लेखाको कामकाज सहजताका लागि उक्त घर भाडामा लिएको भएपनि अहिले सबैकामहरु नगरपालिकाको कार्यालय बिजगडा बाटै हुने भएकाले सदरमुकामा आएको बेला जनप्रतिनीधि र कर्मचारीकले बस्ने गरेको बताउनु भयो । मेयर धामीले भने सदरमुकाम चैनपुरमा बेलाबेला काम परीरहेको हुन्छ । होेटेलमा बस्दा बढी खर्च हुन्छ भनेर हामी आफैले भाडामा लिएको घरमा बस्छौ ।
राजनैतिक पुर्व आग्रहाका कारण आफ्नो मान्छेको घर आनावस्यक भाडामा लिएर नगरपालिकाको पैसा खर्च गरीएको आरोप वडा सदस्य धामीले लगाएका छन् । उक्त बिषयमा गरीरहेका बेला नगरपालिकामका मेयर धामीले भने सदरमुकाममा भाडामा लिएको घर बाट नगरपालिकालाई फाइदा नै पुगेको बताउनु भयो ।