रेडियो   टिभी

मौसम : देशभर वर्षको सम्भावना, सतर्कता अपनाउन महाशाखाको आग्रह


असार १९

मनसुन सक्रिय भएसँगै आगामी तीन दिन देशभर बदलीसहित वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले केही दिन वर्षाको सम्भावना रहेको जनाएको छ । अत्यधिक वर्षा हुन सक्ने भएकाले बाढी पहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार आगामी तीन दिन देशभरि नै वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले आगामी २४ घण्टा देशको सबै प्रदेशमा बदली रही मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहनुको साथै प्रदेश १, ५, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाइ यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएको ठाँउमा डुबान समेत हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको महाशाखाले जनाएको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम, प्रदेश ५, बाग्मती र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>