रेडियो   टिभी

एकीकृत समाजवादी दमक नगरको सम्मेलन आयोजक कमिटी गठन


दमक, २६ असार – नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीका उपसचिव रोशन भण्डारीको संयोजकत्वमा ३१ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरिएको छ । एकीकृत समाजवादी केन्द्रिय परिषद सदस्य राजेन्द्र दाहालको उपस्थितिमा मंगलबार दमकस्थित मंगलदीप मार्केटको गोर्खा होटलमा भएको भेलाले भण्डारीको संयोजकत्वमा सम्मेलन आयोजक कमिटी गठन गरिएको हो ।

भण्डारी दमक नगर कमिटीका निर्वतमान उपसचिव हुन् । उनी एकीकृत समाजवादी सम्बद्ध अनेरास्ववियू केन्द्रिय उपाध्यक्ष समेत हुन् । दमक बहुमुखी क्याम्पसमा स्ववियु सचिवमा निर्वाचित भण्डारीले कार्यवहाक सभापतिको समेत कुशलताका साथ जिम्मेवारी सम्हालेका छन् ।

यसअघि, २५ सदस्यीय रहेको नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटी गठन भएको थियो । सो कमिटीका अध्यक्ष महेश घिमिरेले पारिवारिक र व्यवसायीक समस्याहरु दर्शाउँदै जिम्मेवारीबाट बाहिर रहने फेसबुक मार्फत घोषणा गरेका थिए । घिमिरेले पदबाट बाहिर रहेर स्वतन्त्र नागरिक जीवन बिताउने घोषणासंगै एकीकृत समाजवादी दमक नगर कमिटीको दैनिक कार्यसम्पादनमा समस्या उत्पन्न भएको थियो ।

आज सम्पन्न भेलामा पार्टी प्रदेश कमिटीका सदस्य तथा व्यवसायी सशि पौडेल, दमक नगर इन्चार्ज हरि प्रसाद नेपाल, जिल्ला कमिटी सदस्य तथा प्रदेशसभा निर्वाचन क्षेत्रका इन्चार्ज भीम दाहाल, समाजवादी प्रेष संगठन झापाका अध्यक्ष अनिलदेब राई, अनेरास्ववियू दमक बहुमुखी क्याम्पस इकाई अध्यक्ष आयुषमान पोख्रेल, दमक बहुमुखी क्याम्पस स्ववियू सदस्य अब्जल सिर्टौला, दमक उद्योग बाणिज्य संघका सल्लाहकार युवराज घिमिरे, स्वास्थ्यकर्मी चन्द्र थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>