रेडियो   टिभी

छथरमा चौथो गाउँपालिका अध्यक्ष कप तथा साँस्कृतिक कार्यक्रम आयोजना हुँँदै


तेह्रथुम : तेह्रथुमको छथर गाउँपालिकाको केन्द्र छथर-२, शुक्रबारेमा ऐतिहासिक रुपमा लाग्दै आएको भदौ पुर्णिमा मेलाको अवसरमा चौथो गाउँपालिका अध्यक्ष कप प्रतियोगिताका साथै सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।

‘खेलकुद र संस्कृती हाम्रो सान, समृद्ध छथर निमार्ण गर्ने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आज बिहिबार पत्रकार सम्मेलन गरि छथर गाउँपालिकाको सहयोग तथा रत्नदेवी युवा सेवा समाजको आयोजनामा कार्यक्रम हुने भएको छ ।

गाउँपालिकामा खेल पर्यटन विकासका साथै लोपउन्मुख कला,संस्कार,संस्कृती संरक्षण गर्ने उद्देश्यका साथ चौथो गाउँपालिका अध्यक्ष कपको आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनु भयो ।

उक्त मेलाको अवसरमा फुटबल, भलिबल र व्याडमिन्टन प्रतियोगिता हुने भएको आयोजकले जनाएको छ । फुटबल प्रतियोगिता तर्फ प्रथम हुनेले गाउँपालिका अध्यक्ष कपको साथमा नगद १ लाख ५१ हजार, प्रमाणपत्र र मेडल पाउने भएका छन् । त्यस्तै दोश्रो हुनेले नगद ७५ हजार कप र प्रमाणत्र र मेडल पाउने भएका छन् ।

त्यस्तै भलिबल प्रतियोगिता प्रथम हुनेले नगद १ लाख ५१ हजार गाउँपालिका अध्यक्ष रनिङ कप, मेडल र दोश्रो हुनेले नगद ७५ हजार कप र प्रमाणपत्रको साथ मेडल पाउने भएका छन् ।

त्यस्तै व्याडमिन्टन तर्फ प्रथम हुनेले गाउँपालिका अध्यक्ष कप, नगद ४१ हजार,कप, प्रमाणपत्र र मेडल र दोश्रो हुनेले नगद २५ हजार, प्रमाणपत्र र मेडल पाउने भएको रत्नदेवी युवा सेवा समाजका अध्यक्ष अनिल आंखेवाले बताउनु भयो ।

प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न विभिन्न खेलकुद तथा सांस्कृतिक व्यवस्थापन समितिहरु गठन गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>